सञ्चालक तथा कर्मचारी मिलेर सहकारी ठगी गरेको पाइएको छ । पक्राउ पर्नेमा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङसहित १२ जना रहेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइवी) का अनुसार सहकारी ठगी गरेको आरोपमा प्रहरीले सोल्टीमोडस्थित सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडका पूर्वकर्मचारीसहित विभिन्न पदमा कार्यरत १२ जनालाई पक्राउ गरेको हो । उनीहरुले सहकारीमा जम्मा भएको रकममा ठगी गरेको पाएइएको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए ।&nbs