काठमाडौं : भारतबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आएसँगै नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ।निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३/३ रूपैयाँ मूल्य घटाएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिए।मूल्य घटेसँगै अब पेट्रोलको प्रतिलिटर मूल्य १७८ रूपैयाँ र डिजेल/मट्टितेलको प्रतिलिटर मूल्य १७५ रूपैयाँ पर्नेछ। यसअघि पेट्रोल प्रतिलिटरको १८१ रूपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर १७८ रूपैयाँ थियो।हवाई इन्धन र एलपी ग्यासको मूल्