२६ वैशाख, चितवन । कोरोना संक्रमित भएर गम्भिर अवस्थामा पुगेका बिरामीका लागि अक्सिजनको सप्लाई अनिवार्य छ । त्यस्ता बिरामीलाई अक्सिजनविना एकछिन पनि जोगाउन मुस्किल हुँदै गएको देखिएको छ। अक्सिजनको अभावमा कतिपय जिल्लामा संक्रमित भएका बिरामीहरूको ज्यान गएको समाचार बाहिरिन थालेका छन् । मेडिकल सिटीको उपमा पाएको चितवनका अस्पतालमा अहिलेसम्म अक्सिजनको अभाव भने देखिएको छैन । […]