सुर्खेत । कर्णाली प्रदेशमा यतिबेला बिरामीका लागि आवश्यक अक्सिजनको चरम संकट देखिएको छ । अक्सिजनकै अभावमा अस्पतालहरुले कोरोना संक्रमण भएका नयाँ बिरामी भर्ना लिन नसकिने बताउँदै आएका छन् । प्रदेशमा अक्सिजन उत्पादन गर्ने प्लान्ट दुईवटा मात्र रहनु र १० जिल्लामा आपूर्ति गर्नुपर्ने स्थिति रहेका कारण अक्सिजनको संकट निम्तिएको हो ।प्रदेश अस्पतालका कोरोना फोकल पर्सन डा.केएन पौडेल भन्छन्, ‘अहिलेको कोरोनाको भेरियन्ट अलि जटिलखालको छ । त्यसैले अधिकांश बिरामीलाई अक्सिजन आवश्यक पर्छ । तर, पर्याप्त अक्स