घरमा बस्दाबस्दै अक्सिजनको मात्र घट्न थाले के गर्ने?

काठमाडौं। अहिले अस्पतालहरमा कोरोना संक्रमित बिरामीको लागि बेड र अक्सिजनको अभाव छ। यस्तो बेला घरमै रहेका संक्रमितमा अक्सिजनको मात्र घट्न थाले के गर्ने त ? डा अनुप सुवेदीका अनुसार संक्रमितमा अक्सिजनको लेवल ९२ वा कम देखिए अक्सिजन कम भएको मानिन्छ। यस्तो बेला स्टेराइड औषधि खान सुरु गरिहाल्नु पर्छ र बेड तथा अक्सिजनको खोजी जारी राख्नुपर्छ।