हिउँदयाममा नेपाललाई बिजुली बेच्न परे ५ प्रस्ताव

३ कात्तिक, काठमाडौं । आगामी हिउँदयामका लागि ३६५ मेगावाटसम्म विद्युत किन्न विद्युत प्राधिकरणले गरेको टेन्डरमा ५ वटा प्रस्तावहरु परेका छन् । प्रतिस्पर्धामार्फत विद्युत् खरिद गर्न प्राधिकरणले बोलपत्र आह्वान गरेको थियो । प्राप्त प्रस्तावहरुमाथि प्राधिकरणले मूल्यांकन थालेको छ । आगामी १५ मंसिरदेखि १६ जेठ २०८०सम्म भने भारतबाट विद्युत आयात गर्न टेन्डर आहृवान भएको थियो । भारतबाट […]

सम्बन्धित सामग्री

बंगलादेशलाई लिखु-४ को बिजुली बेच्न प्रस्ताव

५ माघ, काठमाडौं । नेपालले लिखु–४ जलविद्युत आयोजनाबाट उत्पादित बिजुली बंगलादेशमा निर्यात गर्ने तयारी गरेको छ । भारत सरकारले ५० मेगावाट बिजुली बंगलादेश निर्यातका लागि आफ्नो प्रसारणलाइन प्रयोग गर्न अनुमति दिन सकिने बताएपछि स्रोत परियोजना …

यी ४ आयोजनाबाट उत्पादित १११ मेगावाट बिजुली भारतमा बिक्री गरिने

४०० मेगावाट बिजुली भारत निर्यात गरिरहेको नेपाल विद्युत् प्राधिकरणले थप १११.८ मेगावाट बिजुली निर्यातको प्रस्ताव गरेको छ । यो वर्ष २०७९ देखि भारततर्फ ४०० मेगावाट बिजुली निर्यात भइरहेको छ ।खासगरी, गत वर्ष २०७८ सालको मङ्सिरदेखि भारतीय बजारमा प्रतिस्पर्धी मूल्यमा ३९ मेगावाट बिजुली बेच्न थालेको थियो । भारत गत वर्ष नेपालबाट २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट जलविद्युत आयोजनाको बिजुली किन्न सहमत भएको थियो । त्यो भारतीय बजारमा नेपालमा उत्पादित बिजुली निर्यातको पहिलो खुड्किलो थियो । खासगरी, गत व

भारतलाई थप १११ मेगावाट बिजुली बेच्न प्राधिकरणले गर्‍यो प्रस्ताव

नेपाल विद्युत् प्राधिकरणले वर्षायामको थप १११ मेगावाट बिजुली इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीको प्रस्ताव गरेको छ ।  प्राधिकरणले ४ जलविद्युत् गृहबाट उत्पादित विद्युत्‌लाई स्रोत मानी आईएक्समा प्रतिस्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत् मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत् प्राधिकरणमा प्रस्ताव पेस गरेको हो । केन्द्रीय विद्युत् प्राधिकरणबाट अनुमति पाएमा थप विद्युत् निर्यात सुरु हुने छ ।

भारतमा २०० मेगावाट बिजुली बेच्न टेन्डर

काठमाडौं । अहिले औपचारिक रूपमै लोडशेडिङ गरिरहेको नेपाल विद्युत् प्राधिकरणले आगामी वर्षात्मा भने २०० मेगावाट बिजुली भारतमा विक्री गर्ने भएको छ । प्राधिकरणले बोलकबोल (टेन्डर) मार्फत उक्त परिमाणको बिजुली भारतमा विक्री गर्न लागेको हो । प्राधिकरणले नेपालका विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन हुने २०० मेगावाट बिजुली भारतमा विक्री गर्नेछ । यसका लागि शुक्रवार टेन्डर सूचना प्रकाशित गरी भारतीय विद्युत् व्यापार कम्पनीलाई प्रस्ताव पेश गर्न आह्वान गरेको छ । प्राधिकरणले साढे ४ महीना (२०२२ जुलाई १ देखि नोभेम्बर १५) सम्मका लागि त्यो बराबरको बिजुली भारत विक्री गर्न लागेको हो । उक्त विद्युत् किन्न इच्छुक भारतीय कम्पनीहरूले जेठ १३ गते (मे २७) मध्याह्न १२ बजेसम्म प्रस्ताव पेश गरिसक्नुपर्ने छ । सोही दिन प्राप्त प्रस्ताव खोलिने प्राधिकरणको भनाइ छ । इच्छुक कम्पनीले न्यूनतम ५० मेगावाट विद्युत् किन्ने गरी प्रस्ताव पेश गर्नुपर्ने शर्त राखिएको छ । विद्युत् खरीदविक्री दरका लागि भने सीमा तोकिएको छैन । टेन्डरमा जुन कम्पनीले धेरै दर तोक्छन्, उनीहरूलाई नै छनोट गरिने प्राधिकरणको भनाइ छ । यो टेन्डर सफल भएमा प्राधिकरणले पहिलोपटक भारतमा व्यावसायिक रूपमा विद्युत् निर्यात गर्न शुरू गर्नेछ । यसअघि विद्युत् आदानप्रदान वा इनर्जी बैंकिङको रूपमा भारतमा निर्यात गर्दै आएको थियो । प्राधिकरणले नेपालका विभिन्न ६ जलविद्युत् आयोजनाको ३६४ मेगावाट विद्युत् भारतमा विक्री गर्न पाउने गरी स्वीकृति पाएको छ । त्यसमध्येबाट २०० मेगावाट स्थिर मूल्य दरमा विक्री गर्ने गरी टेन्डर आह्वान गरिएको हो । प्राधिकरणले त्यसबाहेकको बिजुली भने भारतीय खुला विद्युत् बजार (डे अहेड मार्केट) मा दैनिक बिडिङ गरेर विक्री गर्न सक्नेछ । प्राधिकरणले भारतीय खुला विद्युत् बजारमा बिजुली किनबेच गर्न पाउने गरी यसअघि नै स्वीकृति पाइसकेको थियो । स्वीकृतिअनुसार प्राधिकरणले भारतीय बजारमा दैनिक बिडिङ गरेर पनि बिजुली किनबेच गर्न पाउनेछ । त्यसरी बिजुली किनबेच गर्दा हरेक दिन विक्री मूल्य फरक हुनेछ । साथै, टेन्डरमार्फत स्थिर मूल्यमा पनि बिजुली किनबेच गर्न पाइनेछ । अहिले प्राधिकरणले भारतको खुला बजारबाट दैनिक बिड गरेर विद्युत् आयात गरिरहेको छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले टेन्डरमार्फत भारतमा २०० मेगावाट विद्युत् विक्री गर्ने प्रक्रिया अगाडि बढाएको बताए । ‘भारतीय बजारमा ३६४ मेगावाट विद्युत् विक्री गर्न हामीले अनुमति पाइसकेका छौं । त्यसमा २०० मेगावाट टेन्डरमार्फत विक्री गर्न लागेका हौं,’ उनले भने, ‘भारतीय कम्पनीहरू के कसरी आउँदा रहेछन्, त्यो हेर्न पनि हामीले टेन्डर गरेका हौं । त्यसपछि पनि विद्युत् बाँकी भएमा डे अहेड मार्केटमा विक्री गर्न सक्नेछौं ।’ सुक्खा यामका कारण अहिले स्वदेशी उत्पादन कम हुँदा प्राधिकरणले भारतबाटै विद्युत् आयात गरिरहेको छ । तर, उसले भारतबाट मागअनुसार बिजुली पाउन सकेको छैन । भारतमा कोइलाबाट विद्युत् उत्पादन हुन्छ । रूस–युक्रेन तनावका कारण पछिल्लो समय कोइला अभाव हुँदा भारतको विद्युत् उत्पादन घटेर उतै लोडशेडिङ हुन थालेको छ । फलस्वरूप प्राधिकरणले त्यहाँबाट बिजुली पाउन नसकेको हो । आपूर्ति व्यवस्थापन गर्न यहाँ पनि औद्योगिक क्षेत्रमा लोडशेडिङ गर्न थालिएको छ । वर्षात्को समयमा खोलामा पानी बढेपछि यहाँको उत्पादन स्वत: बढ्छ । वर्षात्मा नेपालका जलविद्युत् आयोजनाहरू कुल क्षमतामै सञ्चालन हुन्छन् । त्यो अवस्थामा भने नेपालमा मागभन्दा बढी विद्युत् उत्पादन हुने गर्छ । अहिले राष्ट्रिय प्रसारण लाइनमा विद्युत्को कुल जडितक्षमता २१९१ मेगावाट छ । वर्षात्मा उक्त बराबर विद्युत् उत्पादन हुन्छ । अहिले नेपालको अधिकतम विद्युत् माग १६०० मेगावाट छ । त्यसअनुसार वर्षात्मा झन्डै ६०० मेगावाट विद्युत् खेर जाने अवस्था आउँछ । यसअघि २०७७ पुसमा प्राधिकरणले भारतमा २५ मेगावाट विद्युत् विक्री गर्ने गरी टेन्डर हालेको थियो । भारतको एनटीपीसी विद्युत् व्यापार निगम एनभीभीएनमार्फत भारतकै बीआरपीएल नामक कम्पनीले आह्वान गरेको टेन्डरमा प्राधिकरणले प्रतियुनिट ६ रुपैयाँ ६२ पैसा (४ दशमलव १४ भारतीय रुपैयाँ) मा त्यस बराबरको विद्युत् विक्री गरी प्रस्ताव पेश गरेको थियो । अन्त्यमा प्राधिकरण उक्त टेन्डरबाट बाहिरिएको थियो । त्यसबेला भारतमा बिजुली पर्याप्त थियो । नेपालले पनि सोही दरमा बिजुली किन्दै आएको थियो । सोही दरमा प्रस्ताव पेश गर्दा प्राधिकरण बाहिरिएको थियो । तर, यसपालि बिजुली विक्री हुने विश्वास गरिएको छ । अहिले भारतीय बजारमा विद्युत् संकट छ । त्यहाँ भारू १२ मै विद्युत् किनबेच हुने गरेको छ । त्यस अवस्थामा नेपालको विद्युत् सहजै विक्री हुने बताइएको छ ।

आठ आयोजनाको ८५३ मेगावाट बिजुली किन्न भारतलाई नेपालको प्रस्ताव

नेपालले विभिन्न आठ जलविद्युत् आयोजनाबाट उत्पादित ८५३ मेगावाट बिजुली लैजान भारतलाई प्रस्ताव गरेको छ । वर्षायामको समयमा बढी हुने बिजुली ‘डे–अहेड मार्केट’को अवधारणामा ‘इन्डियन इनर्जी एक्सचेन्ज’ (आईईएक्स) मा बेच्न स्वीकृति माग्दै प्रस्ताव पठाइएको हो । तर भारतले ८ सय १४ मेगावाट क्षमताका ६ वटा आयोजनाको अनुमति रोकेर ३९ मेगावाटका २ वटा आयोजनाको मात्रै स्वीकृति दिएको छ ।

विद्युत् व्यापारमा ऐतिहासिक निर्णय : नेपाललाई भारतीय बजारमा बिजुली बेच्न अनुमति

काठमाडौं । नेपालले भारतको खुला बजार अर्थात् विद्युत् एक्सचेन्ज मार्केटमा प्रतिस्पर्धी दरमा बिजुली बेच्न पाउने भएको छ । यसअघि भारतले नेपाललाई खुला बजारबाट बिजुली किन्नका लागि मात्र अनुमति दिएको थियो । अहिले आएर भारतले आप्mनो खुला बजारमा विद्युत् बेच्न पनि नेपाललाई अनुमति दिएको हो । भारतको ऊर्जा (विद्युत्) मन्त्रालयले सोमवार नेपाल विद्युत् प्राधिकरणलाई यस्तो अनुमति दिएको हो । यससँगै अब प्राधिकरणले भारतीय बजारमा प्रतिस्पर्धी दरमा नेपालको बिजुली बेच्न सक्नेछ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भारत सरकारबाट त्यहाँको विद्युत् एक्सचेन्ज बजारमा विद्युत् बेच्न स्वीकृति पाएको बताए । ‘अहिलेसम्म भारतमा जेजति विद्युत् निर्यात भएको थियो, त्यो औपचारिक थिएन । बढी भएको विद्युत् प्रदान गरेको मात्र हो । तर, अब औपचारिक रूपमा नै विद्युत् बेच्न पाउने गरी अनुमति पाएको छौं,’ उनले भने, ‘यो नेपाल भारत क्रशबर्डर विद्युत् व्यापारको सन्दर्भमा ऐतिहासिक छ ।’ प्राधिकरणले भारतीय विद्युत् एक्सचेन्ज मार्केटको सदस्य बन्न केही समयअघि त्यहाँको ऊर्जा मन्त्रालयमा आवेदन दिएको थियो । सोही आधारमा उक्त मन्त्रालयले गत वैशाखमा प्राधिकरणलाई खुला बजारबाट विद्युत् किन्न स्वीकृति दिएको थियो । अहिले आएर आफ्नो खुला बजारमा विद्युत् विक्री गर्न अनुमति दिएको हो । भारतीय खुला बजारमा विद्युत् किनबेचका लागि अनुमति पाउने नेपाल दक्षिण एशियाकै पहिलो मुलुक हो । प्राधिकरणले अब भारतको एनटीपीसी विद्युत् व्यापार निगम (एनभीभीएन) मार्फत विद्युत् विक्री गर्नुपर्ने छ । भारतले नेपालमा विद्युत् आयातनिर्यात गर्न एनभीभीएनलाई मोडेल एजेन्सी तोकेको छ, त्यही निकायमार्पmत नै विद्युत् आयातनिर्यात गर्नुपर्नेछ । भारतबाट अनुमति पाएपछि प्राधिकरणले मंगलवार राति १२ बजेबाट नै भारततर्फ विद्युत् निर्यात गर्न शुरू गरेको छ । पहिलो चरणमा प्राधिकरणले ३९ मेगावाट विद्युत् भारतीय खुला बजारमा बेच्न लागेको हो । ढल्केवर–मुजफ्फपुर ४०० केभी अन्तरदेशीय प्रसारणलाइनमार्फत उक्त विद्युत् भारततर्फ पठाइएको छ । प्राधिकरणकै स्वामित्वका २४ मेगावाटको त्रिशूली र १५ मेगावाटको देवीघाट जलविद्युत् आयोजनाबाट उत्पादित ३९ मेगावाट विद्युत् भारतीय खुला बजारमा विक्री गरिएको हो । हाललाई सोही आयोजनाको विद्युत्लाई स्रोत मानेर भारतले विद्युत् बेच्न अनुमति दिएको हो । ‘अहिले हामीले यही २ आयोजनाबाट विद्युत् विक्री गर्ने छौं । आगामी दिनमा अन्य आयोजनाहरूको पनि विद्युत् विक्री गर्ने गरी काम गर्नेछौं,’ घिसिङले भने । नेपालले ४५६ मेगावाटको माथिल्लो तामाकोशी, ६९ मेगावाटको मस्र्याङ्दी र ४५ मेगावाटको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाको पनि विद्युत् बेच्ने गरी भारतमा प्रस्ताव गरेको छ । त्यसको अनुमति पनि छिट्टै आउने प्राधिकरणको विश्वास रहेको छ । भारतले केही समयअघि क्रशबर्डर विद्युत् व्यापारसम्बन्धी निर्देशिका जारी गर्दै चिनियाँ लगानी भएको आयोजनाको विद्युत् नकिन्ने बताएको छ । सोहीअनुसार प्राधिकरणले विद्युत मात्र विक्री गर्छु भन्न पाउँदैन । कुन आयोजनाको विद्युत् विक्री गर्ने भनेर पनि खुलाउनुपर्नेे छ । त्यसपछि भारतले स्वीकृति दिएपछि मात्रा प्राधिकरणले सम्बद्ध आयोजनालाई स्रोत मानेर विद्युत् भारतमा बेच्न पाउनेछ । अब प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्या≈न १२ बजेसम्म खुला बजारमा बेच्ने विद्युत्को परिमाणसहित बिडमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । बिडिङका क्रममा तय हुने ‘मार्केट क्लियरिङ प्राइस’ का आधारमा विद्युत्को प्रतियुनिट विक्री दर तय हुनेछ । त्यसरी तय हुने दरका आधारमा रातको १२ बजेसम्म अर्थात् २४ घण्टा विद्युत् विक्री गरिनेछ । यसै सन्दर्भमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले यो २ मुलुकबीचको ऊर्जा व्यापारका लागि कोसेढुंगा सावित हुने बताइन् । ‘राजनीतिक, कूटनीतिक र प्रशासनिक तहको निरन्तरको प्रयास यस्तो अनुमति पाएका छौं । अब नेपालमा खपत गरेर बाँकी हुने विद्युत् भारतीय बजारमा बेच्न सकिनेछ,’ उनले भनिन् ।

भारतमा २५ मेगावाट बिजुली बेच्ने प्रतिस्पर्धामा नेपाल असफल

८ माघ, काठमाडौं । आगामी वर्षामा बढी हुने बिजुली बेच्न भारतीय बजारमा पहिलोपटक गरेको प्रतिस्पर्धामा नेपाल असफल भएको छ । आफूले प्रस्ताव गरेको दर महंगो भएपछि नेपाल सो प्रक्रियाबाट बाहिरिनु परेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ। प्राधिकरण स्रोतका अनुसार २५ मेगावाट बिजुली भारतलाई बेच्ने प्रतिस्पर्धामा नेपाल बोलककोल मूल्यमा पछि परेको हो । तर, यसले आगामी […]

भारतमा बिजुली बेच्न प्राधिकरणले हाल्यो टेन्डर

काठमाडौं । विद्युत् आपूर्ति गराउने सम्बन्धमा भारतको बीआरपीएल नामक कम्पनीले भारतकै एनभीभीएनमार्फत आह्वान गरेको टेन्डरमा नेपाल विद्युत् प्राधिकरण पनि सहभागी भएको छ । विद्युत् नियमन आयोगले गत सोमवार उक्त टेन्डरमा सहभागी हुन प्राधिकरणलाई स्वीकृति दिएको थियो । त्यसलगत्तै प्राधिकरणले उक्त टेन्डरमा प्रस्ताव पेश गरेको हो । प्राधिकरणले जुनदेखि सेप्टेम्बरसम्म (४ महीना) २५ मेगावाटसम्म विद्युत् उपलब्ध... The post भारतमा बिजुली बेच्न प्राधिकरणले हाल्यो टेन्डर appeared first on Purbeli News.

भारतमा बिजुली बेच्न प्राधिकरणले हाल्यो टेन्डर

काठमाडौं । विद्युत् आपूर्ति गराउने सम्बन्धमा भारतको बीआरपीएल नामक कम्पनीले भारतकै एनभीभीएनमार्फत आह्वान गरेको टेन्डरमा नेपाल विद्युत् प्राधिकरण पनि सहभागी भएको छ । विद्युत् नियमन आयोगले गत सोमवार उक्त टेन्डरमा सहभागी हुन प्राधिकरणलाई स्वीकृति दिएको थियो । त्यसलगत्तै प्राधिकरणले उक्त टेन्डरमा प्रस्ताव पेश गरेको हो ।प्राधिकरणले जुनदेखि सेप्टेम्बरसम्म (४ महीना) २५ मेगावाटसम्म विद्युत् उपलब्ध गराउन सक्नेगरी एनभीभीएनमार्फत टेन्डरमा प्रस्ताव पेश गरेको हो । प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले नियमन आयो