काठमाण्डाै – चालु आर्थिक वर्षको पहिलो सात महिनामा झण्डै ४९ अर्ब रुपैयाँको खाद्यान्न आयात भएको छ । साउनदेखि माघसम्म ४८ अर्ब ८७ करोड रुपैयाँको खाद्यान्न विभिन्न देशबाट नेपाल भित्रिएको भन्सार विभागले जनाएको छ ।
हरिया तरकारीदेखि फलफुल र दाल, चामल पनि नेपालले विदेशबाटै किनेको छ । सात महिनामा झण्डै २० अर्ब रुपैयाँ बराबरको धान चामल मात्रै आयात भएको छ ।
सात महिनामा व्यापार घाटा पनि सात खर्ब ३३ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ । नेपालले विदेशबाट आठ खर्ब तीन अर्ब ६० करोड रुपैयाँको वस्तु तथा सेवा आयात गरेको छ ।...