एकै वर्ष ५६ अर्बको खाद्यान्न आयात, तरकारी र फलफूल किन्दा झन्डै ५३ अर्ब रुपैयाँ बाहिरियो

काठमाण्डाै – गएको आर्थिक वर्षमा नेपालले विभिन्न देशबाट ५६ अर्ब रुपैयाँभन्दा धेरैको खाद्यान्न आयात गरेको छ । भन्सार विभागको तथ्याङ्कअनुसार गएको आर्थिक वर्ष २०७९/८० मा नेपालले विभिन्न देशबाट ५६ अर्ब ६२ करोड ५३ लाख रुपैयाँको खाद्यान्न आयात गरेको छ । धान, चामल, गहुँ, कोदो, मकै, गेडागुडीलगायतका वस्तु खाद्यान्नको सूचीमा पर्दछन् । नेपालले एकै वर्ष झन्डै ३७ अर्ब रुपैयाँको धान, चामल, चिउरा र कनिका आयात गरेको छ । ९० प्रतिशतभन्दा धरै धान चामल भारतबाट आउने रहेको छ । इन्डोनेसिया, भियतनाम, चीन, इटली, भुटान, थाइल्यान्...