इलाम-२ मा फेरि पछि परे सुवास नेम्वाङ

६ मंसिर, इलाम । नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङ इलाम क्षेत्र नं. २ मा पछि परेका छन् । नेपाली कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काले २ हजार १७८ मत ल्याउँदै उनलाई उछिनेका हुन् । पछिल्लो मत परिणाम अनुसार नेम्वाङ्गले २ हजार १०१ मत ल्याएका छन् ।

सम्बन्धित सामग्री

विश्वप्रकाशको ब्रिफिङ : ३० वर्षपछि इलाम–२ मा कांग्रेसलाई अवसर

यो पटक सुवास नेम्वाङ छैनन् र ३० वर्षपछि कांग्रेसले इलाम २ मा चुनाव जित्ने अनुकुल परिस्थिति रहेको महामन्त्री विश्वप्रकाश शर्माको विश्लेषण छ ।

इलाम–२ मा माओवादीले धिरेन्द्र शर्मालाई उम्मेदवार बनाउने

नेकपा (माओवादी केन्द्र) ले इलाम–२ मा हुने उपनिर्वाचनका लागि उम्मेदवार टुङ्गो लगाएको छ । नेता धिरेन्द्र शर्मा ‘रमण’लाई माओवादीले उम्मेदवार बनाउने भएको हो ।

इलाम २ मा रास्वपाबाट ६ आकांक्षी

इलाम २ मा १५ वैशाखमा हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा भाग लिन राष्ट्रिय स्वतन्त्र पार्टीमा ६ जनाले आफ्नो दाबी प्रस्तुत गरेका छन् । इलाम २ मा उम्मेदवारी दिन दाबी प्रस्तुत गरेका ६...

इलाम–२ को उपचुनावलाई रास्वपाले बनायो प्रतिष्ठा

१० चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम–२ को उपचुनावलाई प्रतिष्ठाको विषय बनाएको छ । नेकपा एमालेका सुवासचन्द्र नेम्वाङको निधनपछि रिक्त भएको इलाम २ मा १५ वैशाखमा उपचुनाव हुँदैछ । २४ चैतमा उम्मेदवारी दर्ताको समय दिइएको छ । रास्वपाले १७ गते उम्मेदवार घोषणा गर्दैछ । निर्वाचन आयोगले उपनिर्वाचनको मिति घोषणा गरेदेखि नै रास्वपाले इलाममा […]

रास्वपाले चैत १७ मा इलाम-२ को उम्मेदवार सार्वजनिक गर्ने

४ चैत, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम-२ मा हुने निर्वाचनका लागि १७ चैतमा उम्मेदवार छनोट गर्ने भएको छ । निर्वाचन आयोगले १५ बैशाखमा इलाम-२ मा उपनिर्वाचन गर्ने जनाएको छ । ‘१७ गते उम्मेदवार फाइनल गर्ने कुरा भएको छ । १६ गते पार्टीले निर्णय लिन्छ, अर्को दिन नाम सार्वजनिक गरिन्छ,’ रास्वपाका शीर्ष तहका एक नेताले […]

राप्रपाले इलाम- २ को उपनिर्वाचनमा उम्मेदवारी दिने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले इलाम-२ को उपनिर्वाचनमा उम्मेदवारी दिने भएको छ।

इलाम–२ मा रास्वपाले प्राइमरी नगर्ने

२४ फागुन, काठमाडौं । १५ वैशाखमा इलाम–२ मा हुने उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले प्राइमरी इलेक्सन नगरी उम्मेदवार छान्ने भएको छ । प्राइमरी इलेक्सनका लागि आवश्यक पार्टी सदस्य नभएकाले केन्द्रबाट नै उम्मेदवारको टुंगो लगाउने रास्वपाले जनाएको छ । कूल मतदाताको एक प्रतिशत पार्टीका सदस्य नभएकाले प्राइमरी हुन नसकेको सहमहामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । इलाम–२ […]

इलाम-२ को मतगणना स्थगित

काठमाडौं– निर्वाचन अधिकृतको सही नभएको मतपत्र भेटिएको भन्दै इलाम २ मा मतगणना स्थगित भएको छ । मत गणनका क्रममा ७० वटा मतपत्र हराएको र ४० वटामा निर्वाचन अधिकृतको सही नभएको भेटिएपछि गणना स्थगित भएको हो ।  अब इलाम २ मा १ हजार ९९२ मत गन्न बाँकी छ । मतगणनाका क्रममा निर्वाचन अधिकृतको हस्ताक्षर नभएका मतपत्र […]

अन्तिमतिर पुगेको इलाम २ को मतगणना स्थगित

इलाम २ को मत गणना राकिएको छ। प्रतिनिधिसभा सदस्यका लागि भएका निर्वाचनमा एमालेका उम्मेदवार सुवासचन्द्र नेम्वाङ र कांग्रेसका उम्मेदवार डम्बरबहादुर खड्काबीच कडा प्रतिस्पर्धा भइरहेको छ।  इलाम नगरपालिकाका– १ को मतगणना बाँकी...

इलाम २ मा अग्रता फराकिलो बनाउँदै सुवास नेम्वाङ

इलाम २ मा नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले अग्रता फराकिलाे बनाउन थालेका छन् ।