गण्डकी प्रदेशमा कोरोना भाइरसको संक्रमणबाट थप ३० जनाको मृत्यु भएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालमा उपचाररत ३० जनाको मृत्यु भएको हो । गण्डकी प्रदेशमा विभिन्न जिल्लाका ३० जना कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जनाकारी दिए । उनका अनुसार कास्कीमा १२, स्याङजा ३,गोरखा ३, नवलपरासी पूर्व १,पर्वत २, तनहुँ ६,मुस्ताङ २, र बागलुङमा १ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । पोखरा–२२ का ४५ वर्षीय पुरुष, पोखरा