पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु भएको छ । कोरोना संक्रमण देखिएपछि पोखरास्थित अस्पतालमा उपचार गराइरहेका तीन जना र होम आइसोलेसनमा बसेका १ सहित ४ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।उनका अनुसार बैशाख २२ गते कोरोना संक्रमण पुष्टि भएका पोखरा –२५ का ६५ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । त्यसैगरी तनहुँ जिल्लाको व्यास नगरपालिका–१ की ६० वर्षीय संक्रमित महिलाको मणिपाल शिक्षण अस