पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि विभिन्न अस्पतालमा उपचारका लागि भर्ना भएका १४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा पोखराका ८ जना रहेका छन् भने अन्य जिल्लाका ६ जना रहेको प्रदेश स्वास्थ्य निर्देशक डा.विनोदबिन्दु शर्माले जानकारी दिए ।उनका अनुसार पोखरा १७ का ७३ वर्षीय पुरुष, ७ का ४५ वर्षीय महिला र पोखरा १७ का ४४ वर्षीय पुरुषको चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । त्यसैगरी पोखरा ८ का ५० वर्षीय पुरुष, १५ का ६५ वर्