रुकुम (पूर्व) : रुकुमपूर्वमा भिरबाट लडेर एकजनाको मृत्यु भएको छ। जिल्लाको सिस्ने गाउँपालिका–२ का ४२ वर्षीय धनबहादुर पुनको भिरबाट लडेर मृत्यु भएको हो।नेकपा माओवादी केन्द्र सिस्ने गाउँ कमिटी सल्लाहकार सदस्य समेत रहेका पुनको अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो।सिस्ने–५ ह्याप्लामा पूजाका लागि हिँडेका पुन बिहीबार दिउँसो सिस्ने–४ स्थित असारे चिउरा जाने बाटोबाट लडेर घाइते भएका थिए। उनलाई उपचारका लागि रुकुमपूर्व अस्पतालमा ल्याइएको थियो । गम्भीर घाइते पुनलाई थप उपचारका