नागरिक स्टक डिलरको साधारणसभा आह्वान, कति दिने भयो पहिलो लाभांश ?

नागरिक स्टक डिलर कम्पनीले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर १८  गते दिउँसो ४:३० बजे नयाँ बानेश्वर स्थित नागरिक लगानी कोषको भवनमा सभा आह्वान गरेको हो ।सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको ६.८५ प्रतिशत बोनस शेयर बितरण प्रस्ताव गरेको छ  ।त्यस्तै सभामा  संचालक समितिको तर्फबाट अध्यक्षज्यूद्धारा प्रस्तुत हुने आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहितको आषाढ ३२, २०७९ मा समाप्त भएको आ.व. २०७८/७९ को वार्षिक वित्तीय विवरण (वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायत वार्षिक वित्तीय विवरणसँग सम्बद्ध अनुसूचीहरु) उपर छलफल गरी पारित गर्ने, तथा कम्पनी ऐन, २०६३ को दफा १११ बमोजिम आर्थिक वर्ष २०७९/८० को लागि बाह्य लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पेश हुने छ । त्यस्तै  कम्पनीको मिति २०७८/१२/०६ गते र मिति २०७८/१२/२५ गते सम्पन्न सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा नियुक्त गरिएका सञ्चालकहरुको अनुमोदन गर्ने प्रस्ताव पेश हुने छ। विशेष प्रस्ताव अन्तर्गत आर्थिक बर्ष २०७८/७९ सम्मको संचित नाफाबाट कम्पनीको चुक्ता पुँजी ३ अर्ब ५० करोडको ६.८५ प्रतिशतले हुन आउने रु. २३,९७,५०,०००/- दरले हुने बराबरको बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्ने, उल्लेखित बोनस शेयर पश्चातको हदसम्म जारी तथा चुक्ता पुँजी वृद्धि गर्न स्वीकृत गर्ने, तथा यी निर्णय कार्यान्वयनका लागि कम्पनीको प्रबन्धपत्रको दफा ६ मा आवश्यक संशोधन गर्ने प्रस्ताव पेश हुने हुने छ। साथै विशेष प्रस्तावका संशोधनहरुबाट प्रबन्धपत्रमा भएका संशोधन उपर नियमनकारी निकाय वा कार्यालयबाट कुनै बिषयमा थप संशोधन गर्न वा भाषिक संशोधन वा फेरबदल गर्न कुनै निर्देशन वा सुझाव दिएमा सो मुताविक संशोधन गर्न संचालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्ताव सभामा पेश हुने छ।कम्पनीले डेढ अर्बको आईपिओ निष्काशन गर्ने तयारी पनि गरिरहेको छ । कम्पनीले नियमनकारी निकायको स्वीकृती पश्चात जारी गर्ने गरी कम्पनीको जारी पूँजीको ३० प्रतिशतले हुने रु. १ अर्ब ५० करोड बराबरको १,५०,००,००० कित्ता शेयर सर्वसाधारणमा (सर्वसाधारण समुहभित्र नै बर्गिकरण हुने गरी कर्मचारीलाई छुट्याइएको २ प्रतिशत शेयर सहित) प्राथमिक शेयर निष्कासन गर्ने प्रस्ताव यस अघिको साधारणसभाले पारित गरेको थियो ।  यो कम्पनी नागरिक लगानी कोषको सहायक कम्पनी हो । 

सम्बन्धित सामग्री

लाभांश पारित गर्न तारागाउँ रिजेन्सी होटलले बोलायो साधारणसभा

२ पुस, काठमाडौं । सेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्न तारागाउँ रिजेन्सी होटलले वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले २४ गतेका लागि नेपाल पर्यटन बोर्ड भृकुटीमण्डपमा साधारणसभा आह्वान गरेको हो । यसअघि बसेको सञ्चालक समितिको बैठकले गरेको निर्णयअनुसार सेयरधनीलाई ११ प्रतिशत नगद र ४ प्रतिशत सेयर बोनस दिने निर्णय साधारणसभाले पारित गर्ने भएको छ । त्यस्तै […]

चिलिमे हाइड्रोपावरको लाभांश घोषणा, साधारणसभा आह्वान

चिलिमे हाइड्रोपावर कम्पनीले सेयरधनीलाई दिने लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षसम्मको नाफाबाट सेयरधनीलाई चुक्ता पुँजीको ५ प्रतिशत नगद र १० प्रतिशत सेयर बोनससहित १५ प्रतिशत लाभांश घोषणा गरेको हो । त्यस्तै कम्पनीले सो लाभांश पारित गर्नका लागि साधारणसभा पनि बोलाएको छ । पुस २० गते कम्पनीले साधारणसभा बोलाएको छ । यसका लागि […]

युनिलिभर नेपालले प्रतिकित्ता १,५८० रुपैयाँ लाभांश दिने

२९ असोज, काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले सेयरधनीलाई प्रतिकित्ता १ हजार ५८० रुपैयाँ नगद लाभांश दिने प्रस्ताव गरेको छ । २६ असोज शुक्रबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७९÷८० को मुनाफाबाट उक्त लाभांश दिने प्रस्ताव गरेको हो । कम्पनीले प्रस्तावित लाभांश पारित गर्न साधारणसभा पनि आह्वान गरेको छ । कम्पनीले २६ मंसिरमा साधारणसभा आह्वान […]

सिक्लेस हाइड्रोपावरको लाभांश प्रस्ताव, २० चैतमा साधारणसभा आह्वान

३० फागुन, काठमाडौं । सिक्लेस हाइड्रोपावरले सर्वसाधारणलाई आईपीओ जारी गरेको पहिलो वर्ष नै लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट सेयरधनीलाई विरतण गर्ने लाभांश प्रस्ताव गर्दै साधारणसभा आह्वान गरेको छ । २९ फागुन सोमबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव […]

चिलिमे जलविद्युतले १५ प्रतिशत लाभांश दिने

चिलिमे जलविद्युत् कम्पनी लिमिटेडले सेयरधनीलाई यो वर्ष १५ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको बैठकबाट चुक्ता पुँजीको ७.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ७.५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरिएको हो । कम्पनीले वार्षिक साधारणसभा प्रयोजनका लागि ३ पुसमा एक दिन बुक क्लोज गरेको छ । उक्त बुक क्लोजका आधारमा […]

प्रभु बैंकको २० औं वार्षिक साधारणसभा : १२.६३ प्रतिशत लाभांश पारित

प्रभु बैंक लिमिटेडको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाबाट बैंकले शेयरधनीलाई १२.६३ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको जनाएको छ । साधारणसभाले शेयरधनीलाई १२ प्रतिशत बोनस शेयर र ०.६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।  साधारणसभाको अध्यक्षता बैंक सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले गरेका थिए । काठमाडौं बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा बसेको साधारणसभाले सञ्चालक समितिको प्रतिवेदनसहित गत आर्थिक वर्ष २०७७/०७८ को वासलात, नाफानोक्...

प्रभु बैंकको २० औं वार्षिक साधारणसभा : १२.६३ प्रतिशत लाभांश पारित

प्रभु बैंक लिमिटेडको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । साधारणसभाबाट बैंकले सेयरधनीलाई १२.६३ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको जनाएको छ । साधारणसभाले सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर र ०.६३ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) वितरण गर्ने प्रस्ताव पारित गरेको हो । साधारणसभाको अध्यक्षता बैंक सञ्चालक समिति अध्यक्ष लीलाप्रकाश सिटौलाले गरेका थिए । काठमाडौं बबरमहलस्थित बैंकको प्रधान कार्यालयमा बसेको साधारणसभाले सञ्चालक समितिको प्रतिवेदनसहित गत आर्थिक वर्ष २०७७/०७८ क

लाभांश प्रस्ताव पारित गर्न नबिल बैंकले बोलायो साधारणसभा

नबिल बैंकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्न घोषणा गरेको लाभांश पारित गर्न ३० पुसमा साधारणसभा बोलाएको छ । बैंकले ३७ औँ वार्षिक साधारणसभा आह्वान गरेको हो ।सभामा बैंकले हाल कायम चुक्ता पुँजीको ३३ दशमलव ६० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनसहित ४.४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित हुनेछ । साथै अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग मर्जर वा एक्विजिशन सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, अधिकृत पुँजी १० अर्ब पुर्‍याउने लगायतका एजेण्डा छ

निफ्राको साधारणसभा : सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश दिने प्रस्ताव पारित

नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को तेस्रो वार्षिक साधारणसभाले सेयरधनीलाई ८.४२ प्रतिशत लाभांश प्रस्ताव पारित गरेको छ । बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्ता पूँजी २० अर्ब रुपैयाँको आठ प्रतिशत बोनस सेयर र कर प्रयोजन निम्ति ०.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित भएको जानकारी दिएको छ । काठमाडौंमा आयोजित साधारणसभा अध्यक्षता बैंक सञ्चालक समिति अध्यक्ष अनुज अग्रवालले गरेका थिए । सो अवसरमा बैंक सञ्चालक समितिका सदस्यहरू केदारनाथ शर्मा, चन्द्रप्रसाद ढकाल, लालमणि जोशी र शंकरप्र