काठमाडौं । निर्वाचन आयोग आगामी मंसिर ४ गते हुन गैरहेको प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनको अन्तिम तयारीमा जुटेको छ । दशैँ, तिहार र छठको सरकारी बिदामा पनि आयोग दिनरात चुनाव सफल बनाउने काममा व्यस्त छ । कात्तिक १६ भित्र सम्पूर्ण निर्वाचन क्षेत्रमा चुनावी सामग्री पठाइसक्ने लक्ष्यअनुसार आयोगले निर्वाचन सामग्री पठाउने कामलाई तीब्रता दिएको छ […]