हेटौँडा उपमहानगरमा ‘ह्याट्रिक’  गरेको एमालेमाथि गठबन्धनको दबाब

०७४ मा कांग्रेस–माओवादी गठबन्धनलाई हराएको एमाले यसपालि पाँच दलका साझा उम्मेदवारसँग मैदानमा, राप्रपा पनि प्रतिस्पर्धामा हेटौँडा उपमहानगरको आगामी नेतृत्व कसको हातमा जाला ? पछिल्ला केही सातादेखि हेटौैँडा बजार मात्र होइन, नगरका...

सम्बन्धित सामग्री

बागमतीमा पूरक बजेट आउने सम्भावना छैन : प्रमुख सचेतक ढकाल (अन्तर्वार्ता)

हेटौँडा : बागमती प्रदेश सरकार विपक्षी दलबीच बजेटसम्बन्धी विवाद कायम छ। चालु आर्थिक वर्ष २०८०-८१ को बजेट समानुपातिक नभएको भन्दै विपक्षी दलहरूले पटक-पटक विरोध गर्दै आइरहेका छन्।सरकारले १ असारमा ६२ अर्ब ७० करोडको बजेट ल्याएको थियो। तर विपक्षी दलले विरोध गरेपछि १८ असारमा छुटेका योजना समेट्ने सहमति भएको थियो।तर, उक्त सहमति पटक-पटक आग्रह गर्दा पनि सरकारले बेवस्ता गर्दै आएपछि विपक्षी दलहरूले सरकारमाथि दबाब सिर्जन गर्न थालेका छन्। सहमति कार्यान्वयन नगर्दा विपक्षी दलहरूले विरोध गर्दा विगत ४ महिनादेखि संस

सबै नेता/कार्यकर्ता जनताको माझमा जानुहाेस्: कमल थापा

हेटौँडा- आगामी मङ्सिरको चुनावलाई केन्द्रित गर्दै गृहजिल्ला मकवानपुरमा रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले सम्पूर्ण नेता तथा कार्यकर्ताहरूलाई जनताको माझमा जान निर्देशन दिएका छन्। आज हेटौँडाबाटै केन्द्रीय सचिवालयको भर्चुअल बैठकमा थापाले भ्रष्टाचार, बेरोजगारी, कुशासन, धर्मपरिवर्तनलगायतका विषयलाई जोडतोडका साथ उठाउन आग्रह गरे। राष्ट्रियता कमजोर हुँदै गएको, विदेशी शक्तिहरूको दबाब र प्रभाव बढ्दै गएको अवस्थामा राष्ट्रवादी शक्तिहरू […]

अदालतले ‘जेल हाल्नु’ भनेका ‘कसूरदार’ देउवाका परराष्ट्र सल्लाहकार

बिहिबारको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको परराष्ट्र मामिला सल्लाहकारमा अरुणकुमार सुवेदीलाई नियुक्त गरेपछि विपक्षी मात्रै होइनन्, काँग्रेसकै नेता कार्यकर्ता पनि ‘आश्चर्य’मा परेका छन् । एक त खराब अभिव्यक्ति दिने र अर्कोतर्फ अर्बौ रुपैयाँ कुम्ल्याएर हालसम्म लुकेर बसिरहेका विवादास्पद छविका सुवेदीलाई परराष्ट्र सल्लाहकारमा नियुक्त गरेर प्रधानमन्त्री शेरबहादुर देउवाले गम्भीर कमजोरी गरेको भन्दै काँग्रेसकै नेता कार्यकर्ताले आलोचना गर्न थालेका छन् । देश विरोधी अभिव्यक्ति, भारतीय दूतावासमा ‘बास’काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–१३ स्थायी ठेगाना भएका सुवेदी देशको सिमाका सम्बन्धमा देश विरोधी नै अभिव्यक्ति दिन्थे । विशेषगरी, लिम्पियाधुरा, कालापानी र लिपुलेक क्षेत्रलाई नेपालले आफ्नो भूमी भनेर दाबी गर्न नहुने र उक्त भूमी भारतलाई नै छोडिदिनुपर्ने अर्थात् उक्त क्षेत्र भारतकै हो भनेर अभिव्यक्ति दिने पात्र हुन् सुवेदी ।सार्वजनिक सञ्चार माध्यममा उनले भनेका यी अभिव्यक्तिले स्थान पाउने कुरा भएन । त्यहीँ भएर उनी ‘युट्युब’ च्यानलहरुमा यी विषय बोल्थे । अहिले पनि ती भिडियोहरु हेर्न सकिन्छ ।त्यस्तै उनले, चीनले नेपालको भूमी हडपेको, नेपालका वामपन्थीहरु ‘चीनको दास’ भएको र चीनले आफ्ना दास (नेपाली कम्युनिष्टहरु)लाई ठोक–ठाक पारेर राख्छ भन्ने खालका अभिव्यक्ति दिएर पनि भारतीय पक्षलाई खुशी बनाउन खोज्थे ।उनी त्यस्ता भिडियोहरु काठमाडौँस्थित भारतीय दूतावासमा लगेर देखाउँथे र त्यहाँबाट ‘करोडौँ रुपैयाँ’ लिन्थे भन्ने आरोप पनि लाग्ने गरेको छ ।अर्कोतर्फ उनी ‘नेपालले असंलग्न परराष्ट्र नीति त्याग्नुपर्छ’ भन्ने अभिव्यक्ति पनि दिँदै हिड्थे । विशेषतः असंलग्न परराष्ट्र नीति त्यागेर काश्मिर मामिलामा भारतको पक्षमा र ताइवानको विषयमा चीनको विपक्षमा उभिनुपर्छ भन्ने उनको घुमाउरो तर्क हुने गर्दछ ।जुनसुकै बेला जेल जान सक्नेसुवेदी जुनसुकै बेला पक्राउ पर्न मात्रै होइन, जेल समेत जान सक्छन् । किनभने पूरानो लेनदेन मुद्दामा उनको मुद्दा अदालतमै छ ।६ लाख रुपैयाँ ऋण नतिरेको आरोपमा सुवेदीविरुद्द देवीध्वज कार्कीले मुद्दा हालेका छन् । विभिन्न बाहानामा उनी ऋण तिर्ने म्याद सार्दै उम्किरहेका छन् । २०६२ सालमा हेटौंडामा कार्टुन उद्योग चलाउन भनेर सुवेदीले देवीध्वज कार्कीसँग जग्गा लिएका थिए । कार्कीले गाउँमै कार्टुन उद्योग आउने भयो भन्ने खुशीले एक रुपैयाँ बैना नलिई १५ कट्ठा जग्गा पास गरिदिए । तर, सुवेदीले वर्षौसम्म पनि पैसा तिरेनन् । हाल देवीध्वज ९३ वर्षका भईसके । उनका छोराहरु अहिले पैसा उठाउन प्रयासरत छन् । २०६५ सालमा जग्गा लेनदेनका क्रममा गरिएको कागज बोकेर देवीध्वजले मकवानपुर जिल्ला अदालतमा मुद्दा दायर गरे । सोही वर्षको ६ फागुनमा सुवेदीले देवीध्वजलाई १७ लाख ५५ हजार ३६९ रुपैयाँ २५ पैसा तिर्नुपर्ने फैसला अदालतले गरिदियो ।तर, सुवेदी जिल्ला अदालतको उक्त फैसला विरुद्द तत्कालिन पुनरावेदन अदालत गए । यता देवीध्वजले फैसला कार्यान्वयनको प्रक्रिया थाले । त्यसपछि सुवेदीले झापाको जग्गा बेचेर पैसा तिर्छु भने । तर, झापाको गौरीगञ्जमा अम्बिका सुवेदीको नाममा जग्गा थियो । उक्त जग्गाको भाउ जम्ममा २ लाख ४० हजार थियो । तर, जग्गा बिक्रि भएन ।जग्गा बिक्रि नभएपछि देवीध्वजले नै आफूले पाउनुपर्ने १७ लाख ५५ हजार ३६९ रुपैयाँबाट २ लाख ४० हजार घट्ने गरी त्यहीँ जग्गा लिलामी लिए । अब उठाउन बाँकी भयो १५ लाख १५ हजार ३६९ रुपैयाँ । उक्त बाँकी रकम तिर्न सुवेदीले २०७२ साल चैतमा मकवानपुरको बसामाडीस्थित शान्ता सुवेदी खतिवडाको नाममा रहेको जग्गा बेचे । जग्गा बेचेर उनले देवीध्वजलाई ८ लाख रुपैयाँ तिरे ।अब उठाउन बाँकी रह्यो ७ लाख १५ हजार । तर, सुवेदी भने आफूसँग भएको सम्पत्ति सबै सकिएको भन्दै ‘टकटक्किन’ थाले । त्यसपछि देवीध्वज र उनका छोराहरु बरु जेल हालेरै भएपनि शन्तोष मान्ने मनस्थितीमा पुगे ।पूरानो मुलुकी ऐन (हालको देवानी संहिता) अनुसार ऋणीलाई कैदमा राख्दा कारागारमा हुने खर्च ऋण दिनेले नै ब्यहोर्नुपर्ने प्रावधान छ । देवीध्वज यस्तो खर्च ब्यहोरेरै भएपनि सुवेदीलाई थुनामा राख्ने अन्तिम निचोडमा पुगे ।त्यसपछि २०७३ बैशाख २ मा कार्कीले जिल्ला अदालतमा पुगेर अरुण सुवेदीलाई थुनामा राख्ने प्रक्रिया थाले । २०७३ भदौ १७ गते अदालतले पनि ऋण असुल हुने गरी ऋणीसँग जायजेथा नदेखिएको भन्दै कैद सजायमा पठाउने प्रक्रिया अघि बढायो । अदालतले देवानी मुद्दा भएकाले ऋणी कैद सजायमा रहुन्जेलसम्म ऋण दाताले नै कारागार खर्च ब्यहोर्नु पर्ने भएकाले दैनिक कति खर्च हुन्छ भन्ने हिसाब कारागार व्यवस्थापन विभागसँग माग गर्ने र कारागार व्यवस्था विभागले तोकेको रकम देवीध्वजले दाखिला गरेपछि अरुणलाई कैद सजाय सुरु गराउने आदेश गरिदियो ।तर, यो आदेशविरुद्ध अरुण उच्च अदालत पाटनको हेटौँडा इजलास गए । २०७३ चैत ३ गते उच्च अदालतले पनि जिल्लाकै आदेश सदर गरिदियो ।लगैत्त, सुवेदी सर्वोच्च गए । सर्वोच्चले २०७३ चैत २४ मा पहिलो सुनुवाई गर्दै सुवेदीलाई तत्काल जेल नपठाउनू भन्यो । तर, त्यसको ४ वर्ष पछि अर्थात् २०७७ फागुन २१ गते सर्वोच्चले २०७३ चैत २४ मा सुवेदीलाई जेल नपठाउनू भन्ने आफ्नो आदेश खारेज गर्दै ऋण नतिर्ने नियत देखिएको भन्दै उच्च अदालतको फैसला कार्यान्वयन गर्नू भन्ने खालको भाषा बोल्यो ।सर्वोच्चले भनेको छ, ‘फैसला बमोजिम साहुको विगो तिर्न पर्ने कानूनी कर्तव्य ऋणीमा हुन्छ । फैसला गरेर मात्र होइन फैसला कार्यान्वयन गर्नु पनि अदालतको अनिवार्य दायित्व रहन्छ । लामो अवधिसम्म साहुको ऋण नतिर्ने नियतबाट विभिन्न बहाना बनाई कानुनको छिद्र खोजी फैसला कार्यान्वयनको कार्यमा बाधा अड्चन देखाई रहनु उपयुक्त र मनासिब हुँदैन ।’सर्वोच्चले सुवेदीले दायर गरेको रिट नै खारेज गरेपछि उच्च अदालत पाटनले देवीध्वजले आवश्यक खर्च दाखिला गरिसकेको भन्दै अरुण सुवेदीलाई कैद सजाय गराउने प्रक्रिया पुनः अघि बढायो । तर, शक्ति केन्द्रको आडमा सुवेदी जेल बसेनन् । उनले देवीध्वजको परिवारलाई धनकुटाको पाखो बारी लिन दबाब दिँदै आएका छन् ।उनै सुवेदीलाई प्रधानमन्त्री शेरबहादुर देउवाले बिहिबार आफ्नो परराष्ट्र मामिला सल्लाहकारमा नियुक्त गरेर पुरस्कृत गरिदिएका छन् ।

बागमती प्रदेशका कृषकले दूधको अनुदान असारभित्रै पाउने

जेठ २२, हेटौँडा । बागमती प्रदेशको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले दूध र पशु स्रोत केन्द्रलाई विनियोजन गरेको अनुदान रकम आगामी असारभित्र नै उपलब्ध गराउने गरी काम अघि बढाएको छ ।  पशुपंक्षी तथा मत्स्यविकास निर्देशनालयमार्फत दिइने सो अनुदानबाट प्रदेशभित्रका एक लाखभन्दा बढी कृषक प्रत्यक्षरुपमा लाभान्वित हुनेछन् । मन्त्रालयका सचिव डा शरणकुमार पाण्डेका अनुसार दूधको अनुदानका लागि रू. १६ करोड र पशु स्रोत केन्द्रका लागि रू. एक करोड ६० लाख अनुदान रकम विनियोजन गरिएको छ । आइतवार यहाँ पत्रकारसँग कुरा गर्दै पाण्डेले भने, ‘असारभित्रै हामी अनुदान रकम बाँड्ने गरी काम गर्दैछौँ ।’ निर्देशनालयमा रहेका केही कर्मचारीले प्रक्रिया अघि नबढाएपछि कृषकको चौतर्फी दबाब परेको थियो ।   चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघका सचिव किशोर बगालेका अनुसार निर्देशनालयका कर्मचारीले काम नगरेका कारण प्रक्रिया अघि बढ्न ढिला भएको थियो । काम नगर्ने कर्मचारीलाई सरुवा गरेर अन्य कर्मचारी पठाउन दबाब दिएकै कारण निर्देशनालयले काम अघि बढाएको उनले बताए ।  दूध अनुदानमा गत वर्ष चितवनका किसानले रू. ८ करोड पाएका थिए । चितवनमा यस वर्ष १०४ सहकारी संस्थाले अनुदानका लागि आवेदन दिएका छन् ।  बगालेले भने, ‘आधाभन्दा बढी अनुदान रकम चितवनका किसानले पाउँछन् ।’ निर्देशनालयले दूधमा गत वर्ष प्रतिलिटर रू. दुई अनुदान दिएको थियो । त्यसका लागि कम्तीमा रू. २२ करोड आवश्यक पर्ने उनी बताउँछन् ।  गत वर्षको जति नपाएपछि केही कम रकम पाउनेमा अब ढुक्क भएको उनको भनाइ छ । आफूहरुले दबाब नदिएको भए कृषक अनुदान पाउनबाट बञ्चित हुने अवस्थामा पुगिसकेको उनी बताउँछन् ।  सचिव पाण्डेले काम नगर्ने कर्मचारी सरुवा गरेपछि निर्देशनालयका कर्मचारीले अनुगमन थालेकाले असार लागेसँगै अनुदान रकम भुक्तानी गर्न सकिने बताउँछन् ।  कृषकको चौतर्फी दबाबपछि मन्त्रालयले कर्मचारी सरुवा गरेर काम अघि बढाएको जानकारी दिएको छ । निर्देशनालयका सरुवा भएका कर्मचारीले आचरणविपरीत गोपनियता भंग गरेको भन्दै मन्त्रालयले कारबाही प्रक्रियासमेत अघि बढाएको छ ।   चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ र केरा व्यवसायी संघले यहाँ पत्रकार सम्मेलनको आयोजना गरी मन्त्रालयले काम अघि बढाएकामा खुसी प्रकट गर्दै सबैलाई सहयोगका लागि अनुरोध गरेका थिए । रासस

हेटौँडामा फुटबल प्रेमीहरुको विरोध प्रदर्शन

हेटौँडा : मकवानपुरका फुटबल क्लबहरुले हेटौँडाको बुद्धचोकमा विरोध प्रदर्शन गरेका छन्। राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले मानसिक दबाबको कारण राजीनामा दिएको भन्दै मानसिक दबाब मुक्तको लागि सामूहिक शान्तिपूर्ण विरोध प्रदर्शन गरिएको मकवानपुरका फुटबल क्लबहरु जनाएको छ। प्रदर्शनमा क्लबका खेलाडीहरु, खेल प्रेमीहरुको सहभागिता रहेको थियो। यसअघि आजै क्लबहरुले जिल्ला…

मकवानपुरका केही ज्येष्ठ नागरिकले खाेप लगाउन मानेनन्

मकवानपुर – हेटौँडा उपमहानगरपालिकाको बजार क्षेत्रमा कोरोना भाइरसविरुद्धको खोप लगाउन अहिले हानाथाप छ । लक्षित समूहभन्दा पनि पहुँचवालाहरू खोपका लागि स्वास्थ्यकर्मीलाई दबाब दिइरहेका छन् । तर मकवानपुरका दुर्गम गाउँका केही ज्येष्ठ नागरिक भने खोप लगाउनु पर्ला भनेर घरबाटै भागेका छन् । दुर्गम क्षेत्रका स्वास्थ्य संस्थामा पठाइएको खोप खपत नभएर स्वास्थ्य कार्यालयमा फिर्ता पठाइएको छ । सरकारले जेठ २५, २६ र २७ मा देशभर ६२–६४ वर्षका ज्येष्ठ नागरिकका लागि भेरोसेल खोप दिने अभियान चलाएको थियो । जसअन्तर्गत मकवानपुरको दुर्गम राक्सि...

मानव बेचबिखन आरोपमा एक पक्राउ

जिल्ला प्रहरी कार्यालय चितवनले मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा नगरपालिका–४ घर भई राप्ती नगरपालिका–४ मा व्यवसाय गरी बस्ने ४० वर्षीय कुमार गौतम रहेका छन् ।गौतमले आफ्नै रेष्टुराँमा काम गर्ने तीन महिलालाई उनीहरुको इच्छाविपरीत दबाब दिँदै वेश्यावृत्तिमा संलग्न गराएको सूचनाका आधारमा उनलाई पक्राउ गरिएको कार्यालयका प्रहरी निरीक्षक सुवास भट्टले जानकारी दिए । गौतमलाई मानव बेचबिखन तथा ओसारपसार कसुरमा जिल्ला अदालतबाट सा

२०६२/६३ को परिवर्तनपछि विदेशी हस्तक्षेप र प्रभाव बढ्यो : कमल थापा

हेटौँडा : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले ०६२/६३ को परिवर्तनपछि मुलुकमा विदेशी दबाब, प्रभाव र हस्तक्षेप बढेको बताएका छन्। राप्रपा हेटौँडा नगर समितिका नवनिर्वाचित कार्य समितिको सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै थापाले विदेशीको इसारामा लादिएको एजेन्डाले मुलुकको स्वाधिनता कमजोर हुने विचार व्यक्त गरे। ‘गणतन्त्र, धर्म निरपेक्षता र संघीयता विदेशीले…

दलको नेतृत्वमा त्यागको भावना आउनुपर्ने : अध्यक्ष थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकलाई सवल, समृद्ध र स्वाधिनतालाई अटल राख्न राजनीतिक दलको नेतृत्वले अब निष्ठाको राजनीतिलाई जनताको सेवामा लगाउन आँट गर्नुपर्ने बेला आएको बताउनुभएको छ ।          राप्रपा हेटौँडा उपमहानगरपालिकाका नवनिर्वाचित पदाधिकारीको शपथग्रहण समारोहलाई आज सम्बोधन गर्नुहुँदै उहाँले बाह्य शक्तिको दबाब र प्रभावले राजनीतिक दलका नेतृत्वमाथि अनावश्यक हस्तक्षेप बढ्दै गएकामा चिन्ता व्यक्त गर्नुभयो । अध्यक्ष थापाले राष्ट्रमा सबै शक्तिको विचार अटाउन सक्ने मौलिक व्यवस्थाको आवश्यकता परेको चर्चा गर्दै अहिले देशमा सनातन हिन्दू संस्कार र राजसंस्थाको अभिमत बुझेर सबैको सहकार्यबाट नेपाललाई शान्ति क्षेत्रका रुपमा अघि बढाउनुपर्नेमा जोड दिनुभयो ।