चीन र बेलायतबाट ६१ लाख डोज काेराेनाविरुद्धकाे खाेप आउदै

काठमाडौं : बेलायत र चीनबाट ६१ लाख डोज कोरोनाविरुद्धको खोप अनुदान स्वरुप आउने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग , व्यवस्थापन महाशाखा अन्तर्गतको आपूर्ति शाखाका अनुसार जनवरीभित्रै उक्त खोप नेपालमा आउन लागेको हाे। चीनले ४० लाख डोज साइनोभ्याक र बेलायतले २१ लाख डोज एस्ट्राजेनेका खोप अनुदानस्वरुप दिन लागेको हो। बेलायतले दिने एस्ट्राजेनेका खोप नेपालमा प्रयोगमा आइसकेको भएपनि चीनले दिन लागेको साइनोभ्याक खोप नेपालमा पहिलो पटक आउन लागेको खोप हो।स्वा

सम्बन्धित सामग्री

चीनले नेपाललाई थप २० लाख मात्रा काेराेनाविरुद्धकाे खाेप अनुदानमा दिने

काठमाण्डाै – चीन सरकारले नेपाललाई थप २० लाख मात्रा कोरोनाविरुद्धको खोप अनुदानमा उपलब्ध गराउने भएको छ । परराष्ट्र मन्त्री नारायण खड्का र चिनियाँ विदेश मन्त्री वाङ यी बीच आज मङ्गलवार भएको टेलिफोन कुराकानीका क्रममा चिनियाँ विदेश मन्त्री वाङले थप २० लाख मात्रा कोरोनाविरुद्धको खोप दिने घोषणा गर्नुभएको हो । — MOFA of Nepal 🇳🇵 (@MofaNepal) October 19, 2021 चीनले नेपाललाई यसअघि २८ लाख मात्रा भेरोसेल खोप अनुदानमा उपलब्ध गराइसकेको छ भने सिनोभ्याक्सको १० लाख मात्रा उपलब्ध गराउने वचन दिएको छ । आज भएको ...

चीनबाट आज आठ लाख डोज भेरोसेल खोप नेपाल आउँदै

काठमाडौं । चीनबाट आज कोभिड–१९ विरुद्धको आठ लाख डोज भेरोसेल खोप नेपाल आउँदै छ । नेपाल एयरलाइन्सको वाइडबडी जहाजबाट आठ लाख डोज खोप ल्याउन लागिएकाे हाे । खाेप दिउँसाे काठमाडाै आइपुग्नेछ । नेपालले चीनससँग खरिद गरेको ४० लाख डोजमध्ये अन्तिम चरणकाे खोप ल्याउन लागिएको हाे । चीन सरकारले नेपाललई थप १६ लाख डोज खोप अनुदानमा […]

५५ देखि ६० उमेर समूह प्राथमिकतामा अरूलाई दिन निर्देशिकामा परिवर्तन जरूरी

पछिल्ला दिनमा नेपालमा चीन र अमेरिकाबाट खाेप आउने क्रम सुरू भएसँगै आम मानिसमा आफूले खाेप पाउने नपाउने बारे जिज्ञासा छ । कोभ्याक्स कार्यक्रम अन्तर्गत अमेरिकाले नेपाललाई दिने भनेको जोनसन एन्ड जोनसनको १५ लाख डोज खोप सोमबार नेपाल आईपुगेको छ । एक डोज मात्र लगाए पुग्ने सो खोप १५ लाख मानीसहरुले लगाउन पाउने छन् । त्यस्तै चीनबाट पनि कोभ्याक्स कार्यक्रम अन्तर्गत अमेरीकाले नेपाललाई दिने भनेको जोनसन एन्ड जोनसनको १५ लाख डोज खोप सोमबार नेपाल आईपुगेको छ ।

‘काेराेना महामारी नियन्त्रणका लागि नेपाललाई चीनकाे अझै सहयाेग चाहिएकाे छ’

काठमाण्डाै – उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोभिड–१९ सङ्क्रमणको सम्बन्धमा चीन सरकारले दिएको सहयोगका निम्ति आभार व्यक्त गर्नुभएको छ । बुधवार चिनियाँ कम्युनिस्ट पार्टीको विदेश विभागले नेपाल र चिनका राजनीतिक दलसँग महामारीका बेला संयुक्त रूपमा अघि बढ्ने सम्बन्धमा आयोजना गरेको भर्चुअल बैठकमा बोल्दै उपप्रधानमन्त्री पोखरेलले चीन सरकारले नेपालका लागि स्वास्थ्य सामग्री, खाेप र अक्सिजन प्लान्ट सहयोग गरेकोप्रति आभार तथा धन्यवाद व्यक्त गर्नुभएको हो ।  कोभिडविरुद्धको खाेपमा चीनले प्राप्त गरेको सफलताको पनि उपप्रधानमन्त्री पाेखरे...

कोरोनाविरुद्धको खोप छिट्टै ल्याउँछौँ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले  कोरोनाविरुद्धको खाेप छिट्टै ल्याउने बताएका छन्। आइतबार बालुवाटारमा भएको पत्रकार सम्मेलनमा खोप ल्याउन पहल गरिरहेको बताएका हुन्। उनले बाहिरबाट औषधि,पिपिइ,अक्सिजनलगायत अत्यवश्यक स्वास्थ्य सामग्रीहरू पनि ल्याइरहेको बताए। उनले भने, ‘हाम्रो ध्यान खोपको प्रबन्ध गर्नेमा छ, चीन, भारत, अमेरिका, बेलायत लगायत देशहरुसँग कुराकानी गरिरहेका छौ, खोप ल्याउने प्रयास जारी छ,निकट भविष्यमा खोप आउँछ।’ उनले भारतबाट १० लाख डोज खोप केही कारणले रोकिएको बताए। ‘२० लाख खोपक...

चीन प्रवेशमा कडाइ, चीनमै उत्पादन भएको खाेप लगाउनु अनिवार्य

काठमाडौं :  चीनले दोस्रो मुलुकका नागरिकलाई  आफ्नो देश प्रवेशमा कडाइ गर्न थालेकाे छ। अब चीनकाे भिषा प्राप्त गर्नका लागि अन्य प्रक्रियासँगै चीनमा  उत्पादन भएको कोरोना विरुद्धको खोप पनि अनिवार्य लगाउनुपर्ने छ। नेपालस्थित चिनिया दुतावासले एक विज्ञप्ती जारी गर्दै आफ्नो देशमा उत्पादन भएको खोप लगाउनेलाई मात्रै चीन प्रवेशको भिषा दिने जनाएको हो। नेपालस्थित चिनिया दुतावासले जारी गरेको विज्ञप्तीमा भनिएको छ ‘चीन र विदेशी राष्ट्रहरूबीच सही ढंगले वैयक्तिक आदानप्रदानलाई