कोरोना महामारीलगायतका कारण पर्यटक आगमन घट्दा हुम्लाका होटल समस्यामा परेका छन् । यस जिल्लाको सदरमुकाममा सुविधा सम्पन्न होटल सञ्चालनमा भए पनि पर्यटक आगमन कम भएपछि समस्यामा परेका हुन् । यस जिल्लाका होटलमा लगानी गरेको २० करोड रुपियाँभन्दा बढी जोखिममा परेको छ ।