दक्षिणी हुम्लाका विभिन्न स्थानमा बजार विस्तार हुने क्रम तीव्र भएको छ । कर्णाली कोरिडोर निर्माण भएसँगै नियमित रूपमा यातायात सुचारु हुन थालेपछि नयाँनयाँ बजार÷व्यापारिक केन्द्र बनेका हुन् ।
यहाँको सर्केगाड र चङ्खेली गाउँपालिकाको सिमाना सलीसल्लामा होटल व्यवसाय सञ्चालन गर्दै आउनुभएका गणेश शाहीले गत असारयता बजार विस्तार हुने क्रम बढेको बताउनुभयो ।