बाढीले बैतडीमा २५ रोपनी खेत बगायो, गाउँ जोखिममा – देशसञ्चार
बैतडी – लगातारको वर्षाका कारण बैतडीको सिगास गाउँपालिका–७ को साङ्डामा न्वाघरी गाडमा आएको बाढीले २५ रापनी खेत बगाएको छ। बाढीले स्थानीय जस्वीर साउद, चक्रसिंह
काठमाडौँ,२३ असोज । लगातारको वर्षाका कारण बैतडीको सिगास गाउँपालिका–७ को साङ्डामा न्वाघरी गाडमा आएको बाढीले २५ रापनी खेत बगाएको छ । बाढीले स्थानीय जस्वीर साउद, चक्रसिंह साउद र बिरुवा साउदको खेत बगाएको हो । स्थानीय भीमबहादुर चन्दका अनुसार खेत बगाउनुका साथै धान काटेर बनाएको कुन्युसमेत बगाएको छ । काटेको धान र खेतीयोग्य जमिन बगाउँदा किसान […]
काठमाण्डौ – राप्ती नदीमा आएको बाढीले जोखिममा रहेका बाँके डुडुवा गाउँपालिका–१ को चौफेरी गाउँका ७५ घरपरिवारलाई सारिएको छ ।
बाढीले गाउँ पूरै डुबानमा परेर घरभित्रसमेत पानी पसेपछि गाउँ नजिकै रहेको आश्रयस्थलमा सारिएको जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्रका सूचना व्यवस्थापन अधिकृत रुपन ज्ञवालीले बताउनुभयो ।
बाँकेका तल्लो तटीय क्षेत्रका झण्डै तीन सय घर डुबानमा परेका छन् । बाढीले घरभित्र पानी पसेर राखिएको अन्नपात लत्ताकपडा भिजेर क्षति पुर्याएको चौफेराका गणेश गुप्ताले बताउनुभयो ।
राप्ती नदी र ...
काठमाडौँ,१८ साउन । चौधर नदीको बाढीले बेदकोट नगरपालिका–४ सार्कीपार्की गाउँका बासिन्दाको जग्गा कटानी गरी बगाउन थालेको छ । नदीको बाढीले जग्गा कटान गर्दा स्थानीय क्रिसन भुलको परिवार विस्थापनमा परेको छ । सशस्त्र प्रहरी बल र स्थानीय बासिन्दाको सहयोगमा भुलको कच्ची घरलाई आज सुरक्षित स्थानमा सारिएको छ । चुरे क्षेत्रमा रातिका बेला वर्षा हुँदा नदीमा बाढी […]
अविरलको वर्षासँगै आएको बाढीले उदयपुरको बेलका नगरपालिका– ८ लाहुरे खोच डुम्रीबोटमा सप्तकोसी नदीको बाँध फुटेको छ । बुधवार बिहान ४ बजेतिर सप्तकोसी नदीको बाँध फुटेर गाउँ पसेको हो । नदी फुटेर गाउँ पसेसँगै बेलका नगरपालिका– २, ३, ८, ९ र बराहक्षेत्र नगरपालिका– ६ डुबानमा परेका छन् । नदीको बाँध फुटेर गाउँ पस्दा के कति क्षति भएको छ त्यसको यकिन तथ्यांक आउँन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी बीरेन्द्रकुमार यादवले जानकारी दिए ।सोमवार बेलका नगरपालिकाले बस्ती छाड्न माईकिङ गरेकाले मानवीय क्
हिमाली जिल्ला मनाङस्थित मर्स्याङ्दी नदीमा आएको बाढीबाट जोगाउन तटबन्ध गरिँदैछ । मर्स्याङ्दी नदीमा गतवर्ष जेठ अन्तिम र असारमा आएको बाढीले डुबानमा परेको गाउँको बस्ती जोगाउन सो निर्माण कार्य भइरहेको हो । नदी कटानको उच्च जोखिममा परेको नासों गाउँपालिका–१ तालगाउँलाई जोगाउन ग्याबिन जाली सहितको पक्की तारजाली लगाउने काम भइरहेको छ । गतवर्ष बाढीले क्षति पुगेको बस्ती संरक्षणका लागि हिउँदमा सुरु भएर अहिलेसम्म निर्माण सम्पन्न भइसक्नुपर्ने भए पनि नदी कटानबाट जोगाउन बस्ती संरक्षणका लागि सो काम वर्षा ल
कपिलवस्तु - कपिलवस्तुको बाणगङ्गा नदीमा आएको बाढीले यशोधरा गाउँपालिका-८ को खोरिया गाउँ उच्च जोखिममा परेको छ ।
नदीले बस्ती कटान गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । नदीमा पानीको बहाव र सतह बढ्दै गर्दा तटबन्ध टुट्ने हो कि भन्ने डरले सताएको त्यहाँका पप्पु मुसलमानले बताउनुभयो ।
तत्कालका लागि बाढीले क्षति पुर्याएको ठाउँमा तटबन्ध बनाउन लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
बाणगङ्गा नदी तटीय क्षेत्रका स्थानीय बासिन्दा हरेक वर्ष बाढीको चपेटामा पर्ने गरेका छन्।
वर्षाैँदेखिको यो समस्या समाधानका ल...
जनकपुरधाम : केही दिनदेखि आएको वर्षाले महोत्तरीको बलबा नगरपालिका–४ स्थित तिलगढमा रातु नदीको तटबन्ध चार ठाउँमा भत्किएको छ।तटबन्ध भत्किएर बाढी पस्दा तिलगढ गाउँ डुबानमा परेको स्थानीय लक्ष्मण मण्डलले बताए। बाढीले करिब ९०० घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी प्रकाश विष्टले जानकारी दिए। उनका अनुसार बाढीले एउटै वडाका विभिन्न ठाउँमा गरेर ४०० मिटर बाँध भत्केको छ।त्यसैगरी बाढीले बलवा–११ रौजा तटबन्ध कटान गर्दा रौजा मजारलगायत वस्तीमा बाढी पसेको छ। बाढीले बस्ती डुबेप
रिउ नदीमा पानीको सतह बढ्दै जाँदा गर्दी र सेरुवा गाउँ उच्च जोखिममा परेको छन्। खोलामा पानीको सतह बढेर कटान गर्दा जिल्ला सदरमुकाम भरतपुरसँग यातायात सम्पर्कसमेत टुटेको छ।
१९ असार, रौतहट । अविरल बर्षाका कारण रौतहटका दुई दर्जन भन्दा बढी गाउँ बाढीको जोखिममा परेका छन् । चुरे तथा पहाडी क्षेत्रमा अविरल बर्षापछि बाग्मती, लाल बकैया नदी तथा झाँझ खोलामा आएका बाढी बस्तीमा पसेपछि गाउँलेहरु विस्थापित भएका छन् । लाल बकैया नदी र झाँझ खोलामा आएको बाढीका कारण सदरमुकाम गौरमा घरहरु डुबानमा परेका छन् […]
पर्वत : निलगिरी हिमालबाट सुरु हुने लुप्रा खोलामा आएको बाढीले मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाको लुप्रा गाउँ जोखिममा परेको छ।हिमालको ठाडो खोलामा हिमताल फुटेर खोलामा बाढी आउने गरेको स्थानीय नीरज थकालीले बताए। बाढीले लुप्रा गाउँको १५ घर उच्च जोखिममा परेको उनको भनाइ छ।‘सोमबारदेखि भइरहेको वर्षाका कारण खोलामा बहाव त बढ्नै भयो। तर लुप्रा खोलामा अहिलेसम्म यति ठुलो बहाव आएको थाहा थिएन। खोलाको बाढीले दुई ठाउँमा रहेको खेत बगाएको छ। लुप्रा गाउँका १५ घर उच्च जोखिममा परेका छन्,’ थकालीले