कपिलवस्तु : बाणगङ्गा नदी कटानका कारण खोरिया गाउँ उच्च जाेखिममा

कपिलवस्तु - कपिलवस्तुको बाणगङ्गा नदीमा आएको बाढीले यशोधरा गाउँपालिका-८ को खोरिया गाउँ उच्च जोखिममा परेको छ । नदीले बस्ती कटान गर्न थालेपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् । नदीमा पानीको बहाव र सतह बढ्दै गर्दा तटबन्ध टुट्ने हो कि भन्ने डरले सताएको त्यहाँका पप्पु मुसलमानले बताउनुभयो । तत्कालका लागि बाढीले क्षति पुर्याएको ठाउँमा तटबन्ध बनाउन लागिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । बाणगङ्गा नदी तटीय क्षेत्रका स्थानीय बासिन्दा हरेक वर्ष बाढीको चपेटामा पर्ने गरेका छन्। वर्षाैँदेखिको यो समस्या समाधानका ल...