एनआरएनए एनसीसी विश्व सम्मेलनको निष्कर्ष : 'संस्था जोगाउन संरक्षक परिषदले पहल गरोस्'

गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्हरुको पहिलो विश्व सम्मेलनले संस्थाको गरिमा र साख जोगाउनका लागि आवश्यक पहल गर्न संरक्षक परिषद्लाई आग्रह गरेको छ । सम्मेलनले सात बुँदे घोषणापत्र पारित गर्दै संघको वर्तमान नेतृत्वका कारण संस्था गतिहीन र विवादित बनेको भन्दै संस्थाको गरिमा कायम राख्न संरक्षक परिषदले पहल गर्नुपर्ने निष्कर्ष निकालेको हो । एनआरएनको विधान अनुसार नै अक्टोबर २३–२५ का लागि तोकिएको दशौं विश्व सम्मेलन तथा महाधिवेशन हुन नसकेपछि एनसीसीहरुको विश्व सम्मेलन गरिएको थियो । एनसी

सम्बन्धित सामग्री

‘विश्व आर्थिक प्रणाली विकासशील राष्ट्रको हितमा असफल’

काठमाडौंमा जारी विश्व सामाजिक मञ्चका अवसरमा आयोजित विश्व जलवायु न्यायसभाले ‘टुटेको’ विश्व आर्थिक प्रणाली विकासशील राष्ट्रको हित गर्न ‘असफल’ रहेको निष्कर्ष निकालेको छ।...

‘विश्व आर्थिक प्रणाली विकासशील राष्ट्रको हितमा असफल’

काठमाडौंमा जारी विश्व सामाजिक मञ्चका अवसरमा आयोजित विश्व जलवायु न्यायसभाले ‘टुटेको’ विश्व आर्थिक प्रणाली विकासशील राष्ट्रको हित गर्न ‘असफल’ रहेको निष्कर्ष निकालेको छ।...

‘डब्ल्यूटीओ चेयर्स प्रोग्राम’का अनुसन्धानको निष्कर्ष प्रस्तुत

काठमाडौं । विश्व व्यापार संगठनको ‘डब्ल्यूटीओ चेयर्स प्रोग्राम–नेपाल’को आर्थिक सहयोगमा अनुसन्धानकर्ताहरूले तयार पारेको अनुसन्धानको निष्कर्ष प्रस्तुत गरिएको छ । आइतवार काठमाडौं युनिभर्सिटी स्कुल अफ म्यानेजमेन्ट (कुसोम)मा आयोजित कार्यक्रममा काठमाडौं विश्वविद्यालयका रजिष्ट्रार डा. अच्युत वाग्ले, राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेल र विभिन्न प्राध्यापक तथा शिक्षाविद्को उपस्थितिमा उनीहरूले आफ्नो अनुसन्धानको निष्कर्ष प्रस्तुत गरेका हुन् ।  सन् २०२२ मा डब्ल्यूटीओ चेयर्स प्रोग्रामले नेपालमा व्यापार तथा उद्यम व्यवसायसँग सम्बन्धित चारओटा अनुसन्धानका लागि अनुदान प्रदान गरेको थियो । कुसोमका सहायक प्राध्यापक सबिना बानियाँ क्षेत्री र दिपेश कार्कीले नेपालका चितवन र इलाममा जलवायु परिवर्तन, लैंगिक गतिशीलता र नगदे बाली उत्पादनको जटिलताबारे अनुसन्धान गरेका थिए । उनीहरूको अनुसन्धानले यी क्षेत्रहरूमा नगदे बाली उत्पादनका लागि कृषकले सामना गर्नुपरेका विविध चुनौतीहरू उजागर गरेका छन् । यसैगरी विनायक मल्ल, माल्गोरजाता कुक्जारा, सविनविक्रम पन्त र ठाकुरप्रसाद देवकोटाले गरेको अनुसन्धानले नेपालको हिमाली क्षेत्रको पर्यटनमा जलवायु परिवर्तनले गहिरो असर पारेको देखाएको छ । उनीहरूको अनुसन्धानमा बढ्दो अप्रत्याशित र अनियमित मौसमले पर्यटन व्यवसायमा ठूलो चुनौती सृजना गरेको उल्लेख छ । ‘जलवायु परिवर्तनको प्रतिकूल प्रभावले स्थानीय जीवजन्तु र वनस्पतिमा ह्रास ल्याएको छ, अप्रत्याशित रूपमा औसममा आउने परिवर्तनले यात्रा योजना अवरुद्ध हुने गरेका छन्, हिमाली क्षेत्रमा लामखुट्टे र यसअघि नदेखिएका रोगकीराको प्रकोपले चिन्ता थपेको छ,’ अनुसन्धानमा भनिएको छ, ‘मानिसहरू जलवायु परिवर्तनको वर्तमान प्रभावसँग जुधिरहेका मात्र छैनन्, वातावरणीय चुनौतीको सामना गर्दै आफ्नो भविष्यप्रति निकै चिन्तित छन् ।’ यसैगरी डा. राजेश शर्मा र प्रजोल जोशीले गरेको अध्ययनमा नेपालका निर्यातमुखी फर्मले दिगो व्यावसायिक अभ्यास (एसबीपी)लाई आफ्नो रणनीतिमा समेट्नुपर्ने ठहर गरेको छ । एसबीपीको कार्यान्वयनले उत्पादनमा विविधीकरण, बजारमा सहजीकरण र वित्तीय कार्यसम्पादन मार्फत प्रतिस्पर्धात्मक अग्रता प्रदान गर्न सक्ने अनुसन्धानको निष्कर्ष छ । यस्तै दीपशिका गुरुङले काठमाडौंका महिला लघु उद्यमीहरूको अवस्थाबारे अनुसन्धान गरेकी थिइन् । उनको अनुसन्धानले महिला लघु उद्यमीहरूको व्यावसायिक शीप प्रवर्द्धनका लागि सूचना तथा सञ्चार प्रविधि (आईसीटी)को प्रयोगको उच्च आवश्यकता देखाएको छ । साथै इन्टरनेट र सूचनाप्रविधिको प्रयोगले यस्ता व्यवसायमा ठूलो परिवर्तन ल्याएको निष्कर्ष उक्त अनुसन्धानको छ । कुसोमले यस वर्ष स्नातक, एमफिल र पीएचडी तथा स्वतन्त्र अनुसन्धानकर्तालाई विभिन्न ६ विषयमा अनुसन्धानका लागि प्रस्ताव आह्वान गरेको छ । कुसोमले डब्लुटीओ चेयर्स प्रोग्रामअन्तर्गत अनुसन्धानका लागि अनुदान दिन लागेको हो । यसका लागि यही सेप्टेम्बर १५ सम्मको समयसीमा तोकेर प्रस्ताव आह्वान गरिएको हो । प्रत्येक अनुसन्धानका लागि रू. २ लाख अनुदान समेत प्रदान गरिनेछ । कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष पौडेलले ‘डब्ल्यूसीपी–नेपाल रिसर्च ग्रान्ट २०२३’ का लागि आफ्नो अनुसन्धान विषयका कागजपत्र पेश गर्न अनुसन्धानकर्तालाई आग्रह गरे । अनुसन्धानको नतीजाले समाज र सिंगो देशका लागि ठूलो फाइदा हुने पनि उनले बताए ।

हाँस्दा आयु बढ्ने अध्ययनको निष्कर्ष

काठमाडौं – आज विश्व हाँसो दिवस। हाँसो एक प्रकारको सकारात्मक अनि शक्तिशाली भाव हो। यो जो कोहीमा हुनु आवश्यक छ। यसले जीवनमा रस अनि आशा थप्दै जाने प्रेरणा दिन्छ। हाँसो मानिसको मनमा उब्जने भावना हो। कयौँ अध्ययनले हाँस्दा आयु बढ्नेसमेत बताएका छन्। नर्वेमा गरिएको एक अध्ययनले जो मानिसमा हाँसोको भावनाले नहाँस्ने मान्छे भन्दा बढी समयसम्म […]

नेपालले निर्यात सम्भावना गुमाइरहेको निष्कर्ष

नेपालले हालको भन्दा आठ गुणा बढि निर्यात गर्न सक्ने सम्भावनालाई गुमाइरहेको एक अध्ययनले देखाएको छ । विश्व बैंकले गतवर्ष सार्वजनिक गरेको उक्त प्रतिवेदनले अध्ययनमा समावेश भएका करिब ५० मुलुकमध्ये सबैभन्दा सम्भावना खेर फालिरहेको देश नेपाल रहेको देखाएको छ ।नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको कार्यक्रममा विश्व बैंकका वरिष्ठ अर्थशास्त्री गोन्जालो भरेलाले अझै सम्भावना रहेको प्रस्तुति […]

युक्रेनको अर्थतन्त्र ५० प्रतिशतले खुम्चिने विश्व बैंकको प्रक्षेपण

काठमाडौँ । डेढ महिनादेखि रुसको आक्रमण व्यहोर्दै आएको युक्रेनको अर्थतन्त्र डामाडोल भएको निष्कर्ष विश्व बैंकले निकालेको छ । विश्व बैंकले निकालेको रिपोर्ट अनुसार युद्धका कारण युक्रेनको अर्थतन्त्र करीब ५० प्रतिशतले खुम्चिने छ । युद्धले त्यहाँको व्यापार व्यावसाय ध्वस्त बनाएको छ भने निर्यात शून्यमा झरेको छ । युक्रेनको उत्पादकत्व क्षमता पनि पूरै डामाडोल अवस्थामा पुगेको निष्कर्ष […]

नयाँ विश्व शक्ति उदाउँदै, तर विश्व यसका लागि तयार छैन

दुबईमा गत सातामात्रै भएको विश्वव्यापी सरकारहरुको शिखर सम्मेलनले नयाँ विश्व शक्ति उदाइरहेको ठहर गरेको थियो । उक्त सम्मेलनमा विश्व यसका लागि तयार नभएको पनि टिप्पणी गरिएको छ ।फेबु्रअरी २४ मा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा आक्रमण गरेपछि कसले भावी विश्वको नेतृत्व गर्ला भन्ने विषयमा विभिन्न चर्चा हुन थालेका छन् । युरोप सन् १९३९ यताकै अत्यन्त डरलाग्दो अवस्थाबाट गुज्रिरहेको छ । यसको लोभ्याउने निष्कर्ष भनेको युक्रेन स्वतन्त्र, संप्रभु र प्रजातान्त्रिक राष्ट्रको रूपमा बाँच्नुपर्छ भन्ने हुन सक

युक्रेन संकट : अग्नि परीक्षामा अमेरिकी विश्व-व्यवस्था

अमेरिकी नेतृत्वको विश्व–व्यवस्था लड्खडाइरहेको छ। बहुध्रुवीय विश्वमा चीन-रूस गठबन्धनले नयाँ छनक दिन खोजे जस्तो देखिन्छ। तर तिनीहरूको शासकीय स्वरूप निरंकुश र एकदलीय नै हुने हो भने विश्वले त्यो शासन व्यवस्थालाई कसरी अवलम्बन गर्न सक्छ ? उत्तर सजिलो छैन।

विश्व स्वास्थ्य सङ्गठनद्वारा कोरोनाको उपचारका लागि नयाँ औषधी सिफारिस

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोरोनाभाइरसको उपचारका लागि नयाँ औषधी सिफारिस गरेको छ । विभिन्न परीक्षणबाट कोरोना भाइरसविरुद्ध उपचार गर्नका लागि प्रभावकारी पुष्टि भएकाले ‘इन्टरलेउकिन—६’ प्रयोग गर्न सकिने निष्कर्ष निकालेर सिफारिस गरिएको डब्लुएचओले जनाएको छ ।  औषधीसम्बन्धी विभिन्न अध्ययन तथा विश्लेषणले कोरोना भाइरसविरुद्ध यो औषधी उपयोगी हुने निश्कर्ष निकालेको डब्लुएचओका अधिकारीहरुले बताएका छन् । डब्लुएचओले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा यो औषधीका बारेमा गरिएको अध्