प्रदेश १ का प्रदेशसभाको दसौँ अधिवेशनमा बोल्दै एमाले संसदीय दलका नेता भीम आचार्यले प्रदेश सरकारको औचित्य पुष्टि गर्न गाह्रो हुँदै गएको भन्दै प्रदेशकै औचित्यमाथि प्रश्न उठाएका छन् । उनले प्रदेश यस कारण चाहिन्छ, यसले यति फाइदा भयो, विकासको गति यसरी बढ्यो भन्ने कुरा पुष्टि गर्न गाह्रो भइरहेको भन्दै सुई उल्टो घुम्न सक्ने बताएका हुन् । ‘प्रदेश सरकारको औचित्ययताको पुष्टि गर्न गाह्रो परिरहेको छ,’ आचार्यले भने, ‘प्रदेश यस कारण चाहिन्छ, यसले यति फाइदा भयो, विकासको गति यसरी बढ्यो भन्