प्रदेश–१ मा एमालेको प्रश्न– सञ्चार प्रतिष्ठान खारेज गरेर ल्याएको विधेयक कति उपयुक्त छ ?

विराटनगर । प्रदेश नम्बर–१ सरकारले ल्याएको प्रदेश सञ्चारमाध्यम व्यवस्था गर्न बनेको विधेयकमाथि प्रदेशसभामा सैद्धान्तिक छलफल सुरु भएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सञ्चार विधेयक ल्याइए पनि धेरै विषय अमूर्त र अस्पष्ट भएको जनाएको छ । एमाले संसदीय दलका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले यसअघिको सरकारले ल्याएको सञ्चार प्रतिष्ठान खारेज गरेर...