लुम्बिनी प्रदेशसभाका ७ मध्ये ४ संसदीय समिति महिनौंदेखि नेतृत्वविहीन छन् । समितिका सभापतिहरु मन्त्री र प्रदेशसभा सदस्यबाट पदमुक्त भएपछि सार्वजनिक लेखा समिति, सामाजिक विकास समिति, कृषि, वन तथा वातावरण समिति र अर्थ उद्योग तथा पर्यटन समिति नेतृत्वविहीन भएका हुन् ।