पूर्व राजा ज्ञानेन्द्र शाहले सोमबार भारतको उत्तरप्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका छन् । पश्चिम नेपालका तराईका जिल्ला भ्रमणमा गएका शाह सडकमार्गबाट लखनउ पुगेर आदित्यानाथलाई भेटेका हुन् ।
काठमाडौं, २२ चैत्र । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेपाल भ्रमणमा आउने भएका छन् । उनी केही हप्ताभित्रै नेपाल भ्रमणमा आउने बुझिएको छ । योगी दोस्रो पटक उत्तर प्रदेशको मुख्यमन्त्री भएपछि पहिलो विदेश भ्रमणमा नेपाललाई रोजेको विश्वस्त स्रोतले बताएको छ । उनले नेपाल भ्रमणको दौरान पशुपतिनाथलगायत धार्मिक तीर्थस्थलको भ्रमण गर्नेछन् । योगीले प्रधानमन्त्री शेरबहादुर देउवा […]
एजेन्सी, २१ माघ । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ गोरखपुर विधानसभा क्षेत्रबाट उम्मेदवार बनेका छन् । उनले आज गोरखपुरमा उम्मेदवारी दर्ता गरेका हुन् । भारतका केन्द्रीय गृहमन्त्री अमित साह पनि योगीको उम्मेदवारी दर्तामा सहभागी थिए । योगी विगतमा गोरखपुर मठका मठाधीश थिए । उम्मेदवारी दर्ता गर्नुपूर्व उनले गोरखपुर मन्दिर र गुरु गोरक्षनाथको दर्शन गरेका थिए […]
भारतको उत्तर प्रदेश राज्यमा विधानसभा चुनावको सरगर्मी बढेको छ ।
हालसम्म लोकसभा चुनाव लड्दै आएका मुख्यमन्त्री योगी आदित्यनाथ यसपालि विधानसभा चुनावको मैदानमा उत्रिने भएका छन् ।
योगी गोरखपुर सीटबाट चुनाव लड्ने भएका छन् । यसअघि योगी सोही क्षेत्रबाट लोकसभा चुनाव लड्दै आएका थिए ।
मुख्यमन्त्री योगीलाई टक्कर दिन भीम आर्मीका नेता चन्द्रशेखर आजाद ‘रावण’ गोरखपुर सीटबाट चुनाव लड्ने भएका छन् । योगीविरुद्ध रावण मैदानमा उत्रिने भएपछि चुनाव झनै रोचक हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
रावणले एक अन्तर्वार्तामा...
भारतको उत्तर प्रदेशको योगी आदित्यनाथ सरकारबाट मन्त्री दारा सिंह चौहानले बुधवार राजीनामा दिएपछि त्यसको संकेतका विषयमा चर्चा चलेको छ ।
मंगलवार श्रममन्त्री स्वामी प्रसाद मौर्यले राजीनामा दिएर भारतीय जनता पार्टीबाट निस्केको घोषणा गरेको भोलिपल्ट वनमन्त्री चौहानले राजीनामा दिएका हुन् ।
दाराले राज्यपाललाई लेखिएको पत्रमा उल्लेख छ, ‘पिछडिएका, वञ्चितिमा पारिएका, दलित, किसान र बेरोजगार युवाहरूप्रति घोर उपेक्षात्मक दृष्टिकोणका साथै पिछडिएका तथा दलितको आरक्षणमा खेलाँची गरिएकाले आहत भएर म मन्त्रिमण्डलबाट राजीनामा दिँदै...
दाङ– तुलसीपुर उपमहानगरपालिका–१८ बेलझुडीमा गौशाला सञ्चालनमा ल्याइएको छ । नेपाल संस्कृत विश्वविद्यालयको स्वामित्वको जग्गामा योगी आदित्यनाथ फाउण्डेशनले तुलसीपुर र घोराही उपमहानगरपालिकाको समन्वयमा गौशाला सञ्चालनमा ल्याएको हो । यहाँका बजार, सडक तथा ग्रामीण क्षेत्रमा भौतारिने छाडा गाईगोरुको संरक्षणका लागि करिब ४५ बिघा जग्गा भाडामा लिएर गौशाला सञ्चालनमा ल्याएको योगी आदित्यनाथ फाउण्डेशनका संरक्षक भरतनाथ योगीले बताए । […]
काठमाडौं । विवाहपञ्चमीका अवसरमा जनकपुरमा हुने धार्मिक समारोहमा सहभागी हुन् भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ बुधबार जनकपुर आइपुगेका छन् ।
उनलाई प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतले स्वागत गरेका छन् । ...
नेपालमा हिन्दूराज्य र राजतन्त्र पुनर्स्थापनाको वकालत गर्नेहरूसँग निकट सम्बन्ध भएका भन्ठानिएका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेपाल भ्रमणमा आउने कुराले विवाद सिर्जना भएको छ।