नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली केन्याविरुद्धको तेस्रो टी–ट्वान्टी अन्तर्राष्ट्रियमा नेपालले जित निकालेको छ । आइतबार भएको खेलमा नेपालले केन्यालाई चार विकेटले हराएको हो ।नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले दिएको १५७ रनको लक्ष्य नेपालले १९ ओभर ३ बलमा ६ विकेट गुमाएर १६० रन बनाएर पूरा गर्यो । नेपालका लागि ज्ञानेन्द्र मल्लले सर्वाधिक ४६ रनको योगदान दिए । त्यस्तै डेब्यु खेलाडी अर्जुन साउदले ३५ रन बनाउँदा उप कप्तान रोहित पौडेल २९ रनको योगदान गरे । नेपालका लागि पवन सर