नेपाली राष्ट्रिय क्रिकेट टोलीले घरेलु टोली केन्याविरुद्धको टी–ट्वान्टी सिरिज अन्तर्गत पहिलो खेलमा जित निकालेको छ । बिहीबार भएको खेलमा नेपालले केन्यालाई ५ विकेटले हराएको हो । नैरोबीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले जितका लागि दिएको १३० रनको लक्ष्य पछ्याएको नेपालले १९ ओभर २ बलमा ५ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो । नेपालका लागि दिपेन्द्र सिंह ऐरीले सर्वाधिक ३३ रनको योगदान गरे । त्यस्तै ज्ञानेन्द्र मल्लले २३ रन बनाउँदा आसिफ शेखले १९ रनको योगदान गरे । नेपालका लागि आरिफ शेखल