खल्तीबाट मेरोशेयर निशुल्क नवीकरण गर्न सकिने

खल्ती डिजिटल वालेटले निःशुल्क मेरो शेयर खाता नवीकरण अफर ल्याएको छ । यो अफर अन्तर्गत मेरो शेयर खाता नवीकरण गर्न छुटेकाहरूले मात्र होइन, नवीकरण गरिसकेकाहरूले पनि अर्को वर्षको नविकरण गर्न सक्ने खल्तीले जनाएको छ।खल्तीका अनुसार यस अफर अन्तर्गत खल्ती मार्फत भुक्तानी गर्दा भने १००% क्यासब्याक प्राप्त गर्न सक्नेछन्। यसमा अधिकतम क्यासब्याक १ वर्षको नविकरण रहेको छ तर  प्रयोगकर्ताहरूले आगामी पाँच वर्ष सम्मको लागि नै आफ्नो अकाउन्ट नवीकरण गर्न सक्नेछन् प्रत्येक खल्ती आइडीले यो अफर एक पटक मात्र लिन सक्नेछन्।  यो अफर चैत २, २०७८ गते सम्म लागु हुनेछ। यस सेवाको बारेमा थप जानकारी दिँदै खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, “यसले धेरै सम्भावित लगानीकर्तालाई शेयर बजारमा प्रवेश गर्न पक्कै प्रोत्साहन दिने विश्वास लिएको छु' । प्रयोगकर्ताले मेरो शेयर खाता नवीकरणको लागि रु. ५० शुल्क लाग्ने गरेको छ। 

सम्बन्धित सामग्री

अब अनलाइनबाटै बीमा अभिकर्ता र सर्भेयरको इजाजतपत्र नवीकरण गर्न सकिने

अब अनलाइनबाटै बीमा अभिकर्ताको इजाजतपत्र नवीकरण गर्न सकिने भएको छ । मंगलबारदेखि बीमा सर्भेयर तथा बीमा अभिकर्ताको लाइसेन्स अनलाइन नवीकरण गर्न सकिने सेवाको शुभारम्भ भएको हो ।  मंगलबार बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन् । अब ३ लाखभन्दा बढी बीमा अभिकर्ता र २...

बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सकिने

बीमा अभिकर्ताहरुको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सकिने भएको छ । मंगलवार बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिको केन्द्रिय कार्यालयबाट बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्ने कार्यको शुभारम्भ गरेका हुन् ।  यससँगै ३ लाखभन्दा बढी बीमा अभिकर्ता र २ हजारभन्दा बढी बीमा सर्भेयरहरुले आफ्नो इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सक्ने भएका हुन् । शुभारम्भ कार्यक्रममा बोल्दै अध्यक्ष सिलवालले बीमा शाखाहरु सधैँ व्यस्त रहने र अभिकर्ताहरुको इजाज

बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सकिने

८ चैत, काठमाडौं । बीमा अभिकर्ताहरुको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्न सकिने भएको छ । मंगलवार बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले समितिको केन्द्रिय कार्यालयबाट बीमा सर्भेयर तथा बीमा अभिकर्ताको इजाजत पत्र डिजिटल माध्यमबाट नवीकरण गर्ने कार्यको शुभारम्भ गरेका छन् । यससँगै ३ लाखभन्दा बढी बीमा अभिकर्ता र २ हजारभन्दा बढी बीमा सर्भेयरहरुले आफ्नो इजाजत […]

मेरो सेयरको नवीकरण निःशुल्क

खल्ती एपबाट मेरो सेयर निःशुल्क नवीकरण गर्न सकिने भएको छ ।खल्ती डिजिटल वालेटले निःशुल्क मेरो सेयर खाता नवीकरण अफर ल्याएको छ । यो अफर अन्तर्गत मेरो सेयर खाता नवीकरण गर्न छुटेकाहरूले मात्र नभइ नवीकरण गरिसकेकाहरूले पनि अर्को वर्षको नविकरण निःशुल्क गर्न सक्नेछन् ।मेरो सेयर खाता नवीकरणको लागि ५० रुपैयाँ शुल्क लाग्ने गरेको छ । यस […]

खल्तीबाट मेरो शेयर निःशुल्क नवीकरण गर्न सकिने

काठमाडौं, ६ फागुन । नेपालमा आईपीओमा लगानी गर्ने क्रेज दिनप्रतिदिन बढ्दै गएको छ । खल्ती डिजिटल वालेटले निःशुल्क मेरो शेयर खाता नवीकरण ल्याएको छ । खल्तीको अनुुसार यस अफर अन्तर्गत मेरो सेयर खाता नवीकरण गर्न छुटेका व्यक्तिहरूले आईपीओ भर्न नवीकरण गर्न सक्नेछन् र नवीकरण गरिसकेकाहरूले आगामी वर्षहरूको लागि नवीकरण गर्न सक्नेछन्। प्रयोगकर्ताले रु. ५० आफ्नो […]

आजदेखि नागरिक एपबाटै सवारी कर र नवीकरण शुल्क तिर्न सकिने

आजदेखि नागरिक एपबाटै सवारी कर र नवीकरण शुल्क तिर्न सकिने भएको छ । फागुन १ गते आईतबारदेखि बागमती प्रदेशमा दर्ता भएका सवारीसाधनको कर र नवीकरण शुल्क तिर्न सकिने भएको हो । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले नागरिक एपबाट सवारी कर र नवीकरण गर्न सकिने गरी ईसेवा र खल्तीलाई अनुमति दिएको छ ।  मन्त्रालयले राष्ट्रिय वाणिज्य बैंक र ग्लोबल आईएमई बैंकबाट हिसा मिलान...

वाग्मती प्रदेशमा सवारी साधनको ब्लुबुक नवीकरण अनलाइनबाटै गर्न सकिने

मकवानपुर – वागमती प्रदेशमा सवारी साधनको ब्लुबुक नवीकरण अनलाइनबाटै गर्न सकिने भएको छ ।  सरकारले आज शुक्रवार वाग्मती प्रदेशबाट सवारी कर, जरिबानालगायतका राजस्व भुक्तानीसँगै नवीकरण अनलाइनबाटै गर्न सकिने गरी यातायात व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनमा ल्याएको हो । अब वाग्मती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयमार्फत प्रवाह हुने सेवा यही प्रणालीमार्फत अनलाइनमा उपलब्ध भएको छ । प्रदेश राजधानी हेटौँडामा आयोजित एक कार्यक्रममा मुख्यमन्त्री डोरमणि पौडेलले...

आजदेखि अनलाइनबाट ब्लुबुक नवीकरण र राजस्व तिर्न सकिने

काठमाडौं।बाग्मती प्रदेशमा आजदेखि अनलाइनबाट ब्लुबुक नवीकरण गर्न सकिने भएको छ।सवारी कर,जरिवाना राजस्व भुक्तानीसँगै नवीकरण गर्न सकिने छ।प्रदेश राजधानी हेटौंडामा मुख्यमन्त्री डोरमणि पौडेलले बिहान ११ बजे यो सेवाको उद्घाटन गर्दैछन्।अनलाइन प्रणालीमा आवद्ध सेवाहरुको परीक्षण एवं डेमो प्रस्तुत गरी औपचारिक रूपमा यसको सुरूवात गरिने भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव सञ्जिव बरालले जानकारी दिए।यी सेवा मन्त्रालयको वेबसाइट र नागरिक एपबाट उपलब्ध हुने छ।

इमेलबाटै मुद्धती खाता नवीकरण गर्न सकिने

काठमाडौं। वाणिज्य बैंकहरुले इमेलबाटै मुद्धती खाता नवीकरण गर्न सकिने व्यवस्था गरेका छन्। निषेधाज्ञाको समयमा बैंकको भीडभाड घटाउन भन्दै यस्तो सुविधा ल्याएका हुन्। मुद्धती खाता नवीकरण गर्न बैंक पुग्दा कर्मचारी र सेवाग्राही दुवैलाई जोखिम बढ्ने भन्दै इमलेबाटै खाता नवीकरण गर्न मिल्ने व्यवस्था मिलाएको बैंकको दावी छ। यतिबेला बैंकहरुले विद्युतीय भुक्तानी र कारोबारलाई जोड दिइरहेका छन्।

मुद्दती खाता इमेलबाट नवीकरण गर्न सकिने

काठमाडौं । निषेधाज्ञा अवधिभर मुद्दती खाता नवीकरण इमेलबाटै गर्न सकिने भएको छ । आइतबार एक विज्ञप्ति जारी गर्दै नेपाल बैंकर्स संघले सम्बन्धित बैंकलाई इमेलमार्फत अनुरोध गर्न सकिने आग्रह गरेको छ ।  यदि कुनै परिस्थितिवस इमेल गर्न नसकिएको खण्डमा निषेधाज्ञा समाप्त भएको ७ दिन पछि सम्म मुद्दती परिपक्व भएको मितिबाट नै लागू हुने गरि नवीकरण गर्न सकिने विज्ञप्तिमा भनिएको छ ।बैंकिङ्ग कारोवार वा बैंकसँग सम्बन्धित अन्य कुनै सेवा, सुझाब, गुनासो भए बैंकको वेभसाइट सम्बन्धित अधिकारीको सम्पर्क नम्बर राखिएको तथा