माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगले आह्वान गरेको छ ।
बिहीवार एक सूचना प्रकाशित गर्दै आयोगले निर्वाचनका लागि बिहीवारदेखि पुस १० गतेसम्म आयोगमा निवेदन दिएर दल दर्ता गर्न आह्वान गरिएको छ ।
निर्वाचन कार्यक्रमअनुसार पुस १७ गते निर्वाचन अधिकृतको कार्यालयमा मतदाता नामावली प्रकाशन हुनेछ । सोही दिन प्रकाशित नामावलीमा नाम समावेश हुन छुट भएका व्यक्तिले आफ्नो नाम समावेश गर्नका लागि दरखास्त दिने, नाम समावेश भएको व्यक्तिले आफ्नो नाम थर उमेर, पद आदि सच्याउन दरखास्त दिने तथा ...