नेपाली काँग्रेसले आगामी मंसिरमा हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचन प्रयोजनका लागि मंगलबार दल दर्ता गर्ने भएको छ । काँग्रेस महामन्त्री विश्वप्रकाश शर्माका अनुसार मंगलबार अपरान्ह ४ बजे निर्वाचन आयोग कार्यालयमा गएर दल दर्ता गरिने छ ।काँग्रेसले दल दर्ताका लागि मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिएको छ । पौडेलको साथमा काँग्रेस कार्यालयका सचिव केशव रिजाल पनि निर्वाचन आयोग जाने छन् । सबै जसो दलले निर्वाचन आयोगमा दर्ता गरिसक्दा पनि काँग्रेस दल दर्ताका लागि भोलि निर्वाचन आयोग जान लागेको छ । पार्