अफगानिस्तान : ईद नजिकिँदै जाँदा तालिबानद्वारा तीन-दिने युद्धविराम

द गार्जिएन। अफगानिस्तानमा तालिबानी हमला गत सातायता जारी रहिरहँदा आगामी ईद-उल-फितरमा तीन-दिने युद्धविराम घोषणा गरेको छ। शनिबार अबेर राति एक विज्ञप्ति जारी गर्दै इस्लामिक इमिरेटका मुजाहिद्दीनहरूलाई देशभर ईदका तीन दिनभर सबै किसिमका हिंसात्मक गतिविधि रोक्न आह्वान गरेको छ, तर यसबीच प्रतिरक्षाका लागि भने तयार रहन भनिएको छ। रमजान महिनाको अन्तमा पर्ने ईद आगामी औँशीपछि चन्द्रमा देखिँदा मनाइन्छ।

सम्बन्धित सामग्री

अफगानिस्तान सबै राष्ट्रसँग सुमधुर सम्बन्ध चाहन्छ : तालिवान नेता अखुन्जादा

तालिवान सरकारका सर्वोच्च नेता हैबातुल्ला अखुन्जादाले बुधबार अफगानिस्तान सबै देशसँग सुमधुर सम्बन्ध राख्न चाहेको बताएका छन् । “हाम्रा छिमेकी राष्ट्र, क्षेत्रीय संगठन र विश्व समुदायलाई आश्वासन दिन्छौं कि अरू देशहरूको सुरक्षालाई खतरामा पार्न कसैलाई पनि आफ्नो इलाका प्रयोग गर्न दिनेछैनौँ । साथै, हामीले अन्य देशहरूले पनि हाम्रो आन्तरिक मामिलामा हस्तक्षेप नगरुन् भन्ने चाहन्छौं,” अखुन्जादाले वार्षिक मुस्लिम पर्व ईद अल–आदाको पूर्व सन्ध्यामा दिएको बधाई सन्देशमा भनेका छन् ।तालिवान नेताले भ

अफगानिस्तानमा चरम खाद्य संकट : दुई करोडभन्दा बढी मानिस भोकमरीबाट ग्रस्त

वैशाख २३, काबुल (अफगानिस्तान) । अफगानिस्तानमा चरम खाद्य संकट देखिएको छ । दुई करोड बीस लाखभन्दा बढी मानिसहरू गम्भीर भोकमरीबाट ग्रस्त छन् । त्यो जनसंख्या देशको कुल जनसंख्याको आधाभन्दा बढी हो ।   करीब ९७ प्रतिशतभन्दा बढी अफगानीहरू खाद्यान्न अभावबाट प्रभावित रहेको पनि संयुक्त राष्ट्रसंघले जानकारी दिएको छ ।   गत वर्ष अगस्टमा तालिबानले अफगानिस्तान नियन्त्रणमा लिएपछि जीवनयापन र खाद्यान्नको मूल्य आकाशिएको छ । अफगान अखबारको रिपोर्टले विश्व बैंकको निष्कर्षलाई उद्धृत गर्दै तालिबानले सत्ता कब्जा गरेपछि जनाताको आम्दानी लगभग एक तिहाइले घटेको देखाएको छ । मार्च २०२२ मा अफगानिस्तानमा संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रमले काबुलमा ३७६, १३९ मानिसहरूलाई आर्थिक र खाद्य सहायता प्रदान गरेको देखाएको छ । विश्लेषकहरूले औंल्याएअनुसार धेरैजसो अफगानीहरूका लागि ईद संसारभरका मुस्लिमहरूले ईद (उल फित्र मनाउने) भएकाले आफ्नो परिवारलाई यथेष्ट भोजनको व्यवस्था गर्नु ठूलो संघर्षपूर्ण रह्यो । इस्लामिक इमिरेट्स अफ अफगानिस्तान नियन्त्रित सरकारलाई अन्तरराष्ट्रिय अर्थतन्त्रबाट अलग गरिएको छ । अगस्टमा काबुलको पतन र अमेरिकी सैनिक फिर्ता भएपछि अफगानिस्तानको तालिबान सरकार अन्तरराष्ट्रिय अर्थतन्त्रबाट एक्लिएको छ । जसले गम्भीर आर्थिक संकट, गरिबी र स्वास्थ्य सेवालगायत आवश्यक सार्वजनिक सेवाहरूको पहुँच गुमाएको छ । रासस/एएनआई

अफगानिस्तान : राष्ट्रपति भवन नजिक रकेट प्रहार

अफगानिस्तानको राजधानी काबुलमा मंगलवार ईद अल अदाको प्रार्थना चलिरहेको बेलामा राष्ट्रपति भवन नजिक रकेट प्रहार गरिएको छ ।  भवन नजिक तीनवटा रकेटहरू भुइँमा खसेका छन् ।  ती रकेट परवान ए से इलाकाबाट प्रहार गरिएका थिए । काबुलको डिस्ट्रिक्ट १ मा रहेको बाग-ए-अली मर्दान र चमन-ए-होजोरी इलाकामा खसेका थिए ।  डिस्ट्रिक्ट २ को मानाबे बशारी इलाकामा पनि रकेट खसेका थिए । अमेरिका सेना अफगानिस्तानबाट हटेसँगै तालिबानले देशका अधिकांश भागमा कब्जा गर्न लागेको छ । राजधानी काबुल पनि कब्जा गर्न तालिबान उद्यत देखिन्...