कर्णाली लोक सेवाले माग्यो प्रशासन र लेखातर्फ २४ जना कर्मचारी

काठमाडौं, पुस २४ । कर्णाली प्रदेश लोक सेवा आयोगले प्रशासन र लेखामा गरेर विभिन्न २४ पदका लागि दरखास्त आह्वानको सूचना प्रकाशित गरेको छ। आयोगले आज एक सूचना प्रकाशित गर्दै खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन निकालेको हो। आयोगले प्रशासन सहायक, लेखा सहायक, लेखापाल, आन्तरिक लेखा परीक्षक गरी २४ पदका लागि दरखास्त आह्वान गरेको हो। […]

सम्बन्धित सामग्री

‘कर्मचारी भर्ना पूर्ण जातीय आधारमा बनाऊ’

काठमाडौं, चैत ८ । कर्मचारी भर्ना प्रक्रियामा खुला प्रणालीलाई पूर्णरूपमा हटाई पूर्ण जातीय आधार बनाउन राष्ट्रिय दलित आयोग, थारु आयोग तथा जनजाती आयोगका पदाधिकारीहरूले सरकारलाई सुझाव दिएका छन्। यस सुझावलाई संघीय निजामती सेवा ऐनको मस्यौदामा सम्बोधन गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले तयारी अघि बढाएको मन्त्रालय स्रोतले बतायो। अहिलेको कानुनअनुसार लोक सेवा […]

लोकसेवा आयोगले माग्यो ४३३ सहसचिव र उपसचिव

काठमाडौं : लोक सेवा आयोगले सहसचिव र उपसचिव पदका लागि विज्ञापन खुलाएको छ। सहसचिव पदमा ११२ र उपसचिव पदमा ३२१ गरी जम्मा ४३३ जनाका लागि विज्ञापन खुलेको हो । इन्जिनियरिङ सेवातर्फ सहसचिव पदमा २१ र उपसचिव पदमा ४९ जना कर्मचारी माग गरिएको छ। कृषि सेवातर्फ दुई सहसचिव र १३ उपसचिव, परराष्ट्र सेवातर्फ ७ सहसचिव र ११ उपसचिव, प्रशासन सेवातर्फ २२ सहसचिव र १११ उपसचिव माग गरेको आयोगले जनाएको छ। लेखा परीक्षण सेवातर्फ सहसचिवमा ५ र उपसचिवमा २२, वन सेवातर्फ सहसचिवमा ६ र उपसचिवमा पनि ६, शिक्षा सेवातर्फ स

स्थानीयको करार बदनियतबारे सामान्यले भन्यो-‘कानुन बमोजिम गर्नु’

काठमाडौँ । आफूखुसी करारका कर्मचारी भर्ना गर्दै आएका स्थानीय तहलाई कानुन बमोजिम मात्रै कर्मचारी भर्ना गर्न सचेत गराई गराइएको छ ।  मनलाग्दी करारमा कर्मचारी राख्ने र हटाउने गर्न थालेपछि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई पत्र पठाउँदै सचेत गराएको हो । खाली पदहरूमा पदपूर्तिका लागि लोक सेवा अयोगमा नपठाई करारलाई निरन्तरता दिँदै […]

स्थानीय तहमा खटाइयो एकैचोटी ५१४ कर्मचारी

१४ चैत, काठमाडौं । लामो समयदेखि कर्मचारी अभाव झेलिरहेको स्थानीय तहमा एकैचोटी ५१४ कर्मचारी खटाइएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोक सेवा आयोगबाट पास गरी आएका नयाँ कर्मचारी र अन्तर स्थानीय तह कामकाजका लागि निवेदन दिएका कर्मचारीलाई खटाइएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका शाखा अधिकृत विवेक विडारीका अनुसार गत शनिबारसम्म मन्त्रालयमा […]

कर्मचारी समायोजन सम्बन्धी सबै रिट सर्वाेच्च अदालतबाट खारेज [आदेशसहित]

कर्मचारी समायोजनको विषयमा परेका सबै रिट सर्वोच्च अदालतले खारेज गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू आनन्द मोहन भट्टराई, सपना प्रधान मल्ल र नहकुल सुवेदीको पूर्ण इजलासबाट बुधवार रिटहरू खारेज गरिएका हुन् ।  ‘संघ अन्तर्गतको दरबन्दी लुकाई निवेदकहरूलाई प्रदेश र स्थानीय तहमा समायोजन गरेको भन्ने निवेदन दावीका सन्दर्भमा हेर्दा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लोक सेवा आयोगलाई पठाएको मागको आकृति फाराममा उल्लिखित पद संख्यालाई निजामती सेवा नियमावली २०५० को नियम १३ का सन्दर्भमा अन्यथा भन्न मिल्ने नदेखिएका...

खस्किँदो सार्वजनिक सेवा तथा नेतृत्वको अभाव

पछिल्लो समयमा लोक सेवा आयोगका निवर्तमान अध्यक्ष उमेश मैनालीको पुस्तक अनि मुख्य सचिवको घट्टो शान र मान तथा पदीय दायित्वबाट विचलनका पक्षमा लेखिएका लेखहरु पढेँ । कर्मचारी समायोजनमा त्रुटी भन्ने कुरामा समग्र सेवा, समूहलाई उपेक्षा गर्दै, एकल प्रशासन सेवाका सामान्य प्रशासन समूहका एक दुई व्याचका अधिकृतलाई प्रदेश तथा स्थानीय तहमा गरिएको समायोजन केन्द्रित एकपक्षीय पक्षपाती […]

अन्तर स्थानीय तहमा कर्मचारी सरुवा स्थगित

काठमाडौँ, ८ पुस। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीहरुको सरुवा स्थगित गरेको छ । मन्त्रालयले आगामी निर्वाचनलाई ध्यानमा राख्दै कर्मचारीहरुको सरुवा स्थगित गरेको हो । लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्त भएका कर्मचारीहरुलाई कामकाजमा खटाउने सम्बन्धी कार्य अर्को व्यवस्था नभएसम्मका लागि स्थगित गरिएको मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ […]

स्थानीय तहका कर्मचारीको सरुवा अर्को व्यवस्था नभएसम्म स्थगित

काठमाडौँ । स्थानीय तहका कर्मचारीको सरुवा औपचारिक रूपमा स्थगित भएको छ । २१ मङ्सिरमा एक हजार ६ सय १३ कर्मचारीको सरुवा गरेको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अर्को सूचना जारी नभएसम्मका लागि सरुवाको कामकाज स्थगित गरेको हो । लोक सेवा आयोगबाट स्थानीय तहमा सिफारिस भई स्थायी नियुक्ति भएका कर्मचारी व्यवस्थापन सम्बन्धी कार्य मन्त्री स्तरीय […]

प्रदेश २ लोक सेवा : सहायक चौथो र पाँचौँ तहका लागि विज्ञापन आह्वान

काठमाडौँ । प्रदेश २ लोक सेवा आयोगले प्रदेश निजामती सेवाका लागि सहायक पाँचौँ र चौथो तहका लागि विज्ञापन आह्वान गरेको छ । अप्राविधिक तर्फ प्रशासन, लेखा, राजश्व तथा प्राविधिकतर्फ इन्जिनियरिङ, कृषि, शिक्षा, वन र स्वास्थ्य सेवातर्फका लागि पाँचौँ र चौथो तहका कर्मचारी माग गरिएको छ । भदौ १५ गतेसम्म दरखास्त दिने अन्तिम मिति तोकिएको छ […]