भरतपुर महानगरपालिकामा रेनु दाहालको ३ हजारभन्दा बढी मतले अग्रता

 जेठ ५, चितवन । चितवनको भरतपुर महानगरपालिकाको प्रमुख पदमा गठबन्धनका उम्मेदवार रेनु दाहालले ३ हजारभन्दा बढी मतले अग्रता लिएकी छन् । भरतपुरमा हालसम्म ३९ हजार ९६१ मत गणना भइसकेको छ । उक्त मत गणना हुँदा उनले १५ हजार ५१३ मत प्राप्त गरेकी छन् । उनलाई पछ्याइरहेका नेकपा (एमाले) का उम्मेदवार विजय सुवेदीले १२ हजार ३८७ मत पाएका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले भने ६ हजार २६८ मत प्राप्त गरेका छन् । उता उपप्रमुख पदमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीको अग्रता कायमै छ । उनले १७ हजार ५३५ मत पाएका छन् । उपमेयरको अर्का प्रत्यासी राप्रपाकी हिमला गुरुङले ९ हजार ७३२ मत पाएकी छन् । हालसम्म आठ ओटा मत गणना सकिंदा दाहालले मेयर पदमा मतान्तर बढाउँदै लगे पनि उनको पार्टी माओवादी केन्द्रले  वडा सदस्य भने जित्न सकेको छैन। नेपाली कांग्रेसले ६, नेकपा (एमाले) ले एक र नेकपा(एकीकृत समाजवादी) ले एक वडाध्यक्ष जितेका छन्। 

सम्बन्धित सामग्री

भरतपुर अपडेट : सुवेदीसँग १३९३ मन्तान्तर बढाएर रेनु दाहाल अग्रस्थानमा

जेठ ४, चितवन । भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवारको मन्तान्तर बढ्दै गएको छ । गठबन्धनबाट प्रमुख पदका उम्मेदवार बनेकी नेकपा (माओवादी केन्द्र)की रेनु दाहाल र नेकपा (एमाले)का विजय सुवेदीबीचको मतान्तर एक हजार ३९३ पुगेको छ । दाहाल ९ हजार ४४७ मतका साथ अग्रस्थानमा छन् भने सुवेदी आठ हजार ५४ मतका साथ पछ्याइरहेका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल चार हजार २६५ मतका साथ तेस्रो स्थानमा छन् । उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ११ हजार २६५ र राप्रपाका हिमला गुरुङले ६ हजार ५७७ मत प्राप्त गरेका छन् । हाल भरतपुर महानगरपालिका–६ को मतगणना जारी छ । वडाध्यक्षमा गठबन्धनका तर्फबाट कांग्रेसका कृष्णलाल श्रेष्ठ दुई हजार ६१ मत र नेकपा (एमाले)का डोलनारायण अधिकारीले एक हजार ७६१ मत प्राप्त गरेका छन् । यसअघि महानगरको वडा नं १, २, ४ र ५ को वडाध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार निर्वाचित भएका छन् भने वडा नं ३ मा एमालेका वडाध्यक्ष निर्वाचित भएका छन् । भरतपुर महानगर पालिकामा एक लाख २७ हजार ८३९ मत खसेको छ । यस्तै जिल्लाको माडीको प्रमुखमा एमालेले जित हासिल गरेको छ । इच्छाकामना गाउँपालिका र कालिका नगरपालिकामा एमाले एवं रत्ननगर, खैरहनी र राप्ती नगरपालिकामा पाँचदलीय गठबन्धनको अग्रता कायम छ । रासस

भरतपुर महानगरपालिका : रेनुको फराकिलो अग्रता, विजय १३ सय ३४ मतले पछि

हेटौंडा : चितवनको भरतपुर नगरपालिकामा २६ हजार २६ मतगणना हुँदा माओवादी केन्द्रकी रेनु दाहाल १३ सय ३४ मतान्तरले अघि रहेकी छिन्।नेकपा एमालेका विजय सुवेदीले आठ हजार १९ प्राप्त गर्दा दाहालले नौ हजार ३६३ पाएकी छिन्।यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले चार हजार १९१ मत ल्याएका छन्।उपमेयरतर्फ कांग्रेसका उम्मेदवार चित्रसेन अधिकारीले ११ हजार १३६ मत ल्याएका छन्। राप्रपाका उम्मेदवार हिमला गुरुङले ६ हजार ५३५ मत पाएकी छिन्।

भरतपुर–१ मा कांग्रेसका महर्जन विजयी

भरतपुर, १ जेठ । भरतपुर महानगरपालिका–१ मा नेपाली कांग्रेसका उम्मेदवार केशव महर्जन विजयी भएका छन् । ३२७७ मतगणना हुँदा उनले १३९७ मतसहित निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका शुक्रकुमार श्रेष्ठले १३१३ मत प्राप्त गरेका छन् । मेयरमा रेनु दाहाल १२१ मतसहित अग्रता लिइरहेकी छिन् । उनका प्रतिद्धन्द्धी विजय सुवेदीले १०८७ मत प्राप्त गरेका […]

भरतपुर महानगरपालिका : एक सयभन्दा बढी मतले रेनुको अग्रता

हेटौंडा : भरतपुर महानगरमा पाँचदलीय गगठबन्धनबाट माओवादी केन्द्रकी उम्मेवार रेनु दाहाल प्रतिद्वन्द्वीभन्दा १०० भन्दा बढी मतले अगाडि छिन्।जारी मतगणनाको पछिल्लो परिणाम अनुसार तीन हजार १६८ मत गन्दा एक हजार १७८ मतसहित दाहालले अग्रता लिएकी हुन्। एमालेका उम्मेदवार विजय सुवेदीले एक हजार ६८ मत प्राप्त गरेका छन्। यस्तै कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ४११ मत ल्याएका छन्।

भरतपुरमा एमालेका विजय सुबेदीकाे अग्रता

चितवन- भरतपुर महानगरपालिकामा एमालेका उम्मेदवार विजयी सुवेदीले अग्रता लिएका छन् । भरतपुर महानगरपालिका–१ मा १५० मत गन्दा उनले अग्रता लिएका हुन् । मेयरमा विजय सुवेदी (एमाले) : ६६ रेनु दाहाल (माओवादी) : ५१ जगन्नाथ पौडेल (स्वतन्त्र) : १३ उपमेयरमा चित्रसेन अधिकारी (काङ्ग्रेस) : ५७ हिमला गुरुङ्ग (राप्रपा) : ४५ वडा अध्यक्षमा शुक्र श्रेष्ठ (एमाले) : […]