काठमाडौं : राति ड्युटी सकेर कार्यालय फर्किने क्रममा मोटरसाइकल दुर्घटनामा परी ललितपुरमा एक प्रहरीको मृत्यु भएको छ। अर्का एक व्यक्ति घाइते भएका छन्।महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी उपरीक्षक सिद्धिविक्रम शाहका अनुसार मृत्यु हुनेमा ललितपुरको सातदोबाटो प्रहरी वृत्तमा कार्यरत धादिङका प्रहरी जवान ३१ वर्षका नवीन न्यौपाने छन्।दुर्घटनामा घाइते भएका सोही कार्यालयमा कार्यरत तनहुँका सुमन सिंहको स्टार अस्पतालमा उपचार भइरहेको पनि उपरीक्षक शाहले जानकारी दिए।शनिबार राति ड्युटी सकेर ललितपुर महानगरपालिका&nda