काठमाडौं उपत्यकामा डेढ अर्बका खसीबोका र च्यांग्रा बिक्री

दसैंको एक सातामा झन्डै डेढ अर्बको खसीबोका र च्यांग्रा बिक्री हुँदा पनि व्यवसायी निराश नै छन् । आपूर्तिको अवस्था सहज हुँदाहुँदै सोचेअनुसार बिक्री नहुँदा खसीबोका र च्यांग्रा मौज्दात तिहारसम्मै रहने उनीहरूको भनाइ छ । गत वर्ष हिले दसैं अर्थात् वर्षातका कारण व्यवसायीले गाउँगाउँबाट खसीबोका ल्याउन सकेका थिएनन् ।

सम्बन्धित सामग्री

दसैंमा काठमाडौंलाई १ अर्ब ६० करोडका खसीबोका

दसैं नजिकिँदै गर्दा सरकार र व्यवसायीले डेढ अर्ब रुपैयाँभन्दा बढीका खसीबोका र च्यांग्रा भित्र्याउने तयारी थालेका छन् । सरकार र व्यवसायीले गरी उपत्यकामा १ अर्ब ६० करोड रुपैयाँभन्दा बढीका खसीबोका र च्यांग्रा ल्याउन लागेका हुन् । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २ हजार खसी र १ हजार च्यांग्रा ल्याउने बताएको छ । यसका लागि ८ करोड ३३ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीमबहादुर थापाले जनाए ।

सातामा ४४ करोडका खसीबोका बिक्री

घटस्थापनादेखि फुलपातीसम्म उपत्यकामा मात्रै ४४ करोड ३२ लाख रुपैयाँको खसीबोका/च्यांग्रा बिक्री भएका छन् ।