दसैंमा काठमाडौंलाई १ अर्ब ६० करोडका खसीबोका

दसैं नजिकिँदै गर्दा सरकार र व्यवसायीले डेढ अर्ब रुपैयाँभन्दा बढीका खसीबोका र च्यांग्रा भित्र्याउने तयारी थालेका छन् । सरकार र व्यवसायीले गरी उपत्यकामा १ अर्ब ६० करोड रुपैयाँभन्दा बढीका खसीबोका र च्यांग्रा ल्याउन लागेका हुन् । सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २ हजार खसी र १ हजार च्यांग्रा ल्याउने बताएको छ । यसका लागि ८ करोड ३३ लाख ४० हजार रुपैयाँ बजेट विनियोजन गरिएको कम्पनीका बिक्री वितरण विभाग प्रमुख भीमबहादुर थापाले जनाए ।