पर्वतको विहादी गाउँपालिकाका केही वडामा दिगो कृषि उत्पादनका लागि कृषक पाठशाला सञ्चालन गरिएको छ । विहादी गाउँपालिकाका अनुसार आम्दानीको प्रमुख स्रोत मानिने कृषि क्षेत्रमा कार्यरत कृषकलाई व्यावसायिक बनाउन २, ४ र ६ गरी तीन वटा वडामा कृषक पाठशाला सञ्चालन गरिएको हो ।
कृषकलाई रासायनिक विषादी र मलको विकल्पमा प्राङ्गारिक विधिबाट खेती गर्ने ज्ञान प्रदान गर्न यस वर्ष म्याग्दीका आठ ठाउँमा एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला सञ्चालन भएको छ ।
कृषक पाठशाला कृषि प्रसारको स्थापित माध्यम हो। खेतबारीलाई सिक्ने र सिकाउने थलोका रूपमा विकास गरी व्यावहारिक तथा नवीनतम तौरतरिकाबाट एक बाली चक्रको सुरुबाट अन्त्यसम्म सहभागितामूलक तथा समावेशीरूपमा सुक्ष्म अध्ययन हुने गर्छ।...
गुल्मी – कफी खेतीको उद्गमस्थल गुल्मीमा पछिल्लो समय यहाँका किसान व्यावसायिक कफी खेतीमा लागेका छन् । किसानलाई कफी खेतीमा थप आकर्षित गर्न विभिन्न कार्यक्रमहरू सुरु गरिएको छ ।
यसै क्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत गुल्मीमा कफीको उत्पादन र उत्पादकत्व वृद्धि गर्न कृषक पाठशाला सञ्चालन गरिएको छ । पाठशाला शिक्षाबाट किसानले आफूले रोपेको कफीका बोटहरूको निरीक्षण गर्दै रोगको पहिचान गर्न थालेका छन् । उनीहरू कफीको बगैँचामा पुगेर सामूहिकरूपमा कफीमा लागेका रोग र किराहरूको बारेमा छलफल गर्ने गर्दछन् । प्रधानमन्त्...
किसानलाई बारीमै कृषि प्रणालीबारे ज्ञान दिन पाठशाला सञ्चालन हुन लागेको हो। कृषि ज्ञान केन्द्र मार्फत चालु आर्थिक वर्षमा एक बाली अवधि अर्थात १६ हप्तासम्म सञ्चालन गरिने बताईएको छ।
पाठशालामा परम्परागत र आधुनिक तरिकाले आलु खेती गरिएको थियो। यो विधिबाट बढी आलु उत्पादन हुन्छ। किसानलाई त्यही विधिबाट आलु खेती गर्न लगाउने पेस नेपालका हेमराज भट्टले जानकारी दिए।...