गुल्मी – कफी खेतीको उद्गमस्थल गुल्मीमा पछिल्लो समय यहाँका किसान व्यावसायिक कफी खेतीमा लागेका छन् । किसानलाई कफी खेतीमा थप आकर्षित गर्न विभिन्न कार्यक्रमहरू सुरु गरिएको छ ।
यसै क्रममा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत गुल्मीमा कफीको उत्पादन र उत्पादकत्व वृद्धि गर्न कृषक पाठशाला सञ्चालन गरिएको छ । पाठशाला शिक्षाबाट किसानले आफूले रोपेको कफीका बोटहरूको निरीक्षण गर्दै रोगको पहिचान गर्न थालेका छन् । उनीहरू कफीको बगैँचामा पुगेर सामूहिकरूपमा कफीमा लागेका रोग र किराहरूको बारेमा छलफल गर्ने गर्दछन् । प्रधानमन्त्...