अभिनेत्री दीपिका पादुकोण अस्पताल भर्ना भएकी छन् । अचानक स्वास्थ्य खराबी देखिएपछि उनलाई सोमबार राती मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको हो । अहिले उनको स्वास्थ्यमा सुधार भएको बताइएको छ । अस्पतालमा दीपिकाको धेरै परिक्षण गरिएको थियो । जसमा पुरै दिन बितेको छ । उनको स्वास्थ्यको पछिल्लो अपडेट भने बाहिर आएको छैन । यस अगाडि उनी ३ महिनाअघि पनि अस्पताल भर्ना भएकी थिइन् । उक्त समय मुटुको धड्कन बढेको कारण अस्पताल भर्ना गरिएको थियो । त्यो समय उनी हैदराबादमा फिल्मको सुटिङ गरिरहेकी थिइन् ।