दीपिका पादुकोण भइन् कोरोना संक्रमित, बुबालाई अस्पताल भर्ना

काठमाडौं। बलिउड अभिनेत्री दीपिक पादुकोणसहित उनका परिवारका सदस्य कोरोना सङ्क्रमित भएका छन्। पछिल्लो समय उनी बैंग्लुरु गएकी थिइन्, जहाँ उनका बुबा, आमा र बहिनीसमेत सङ्क्रमित भएका थिए। उनी पनि त्यहीँबाट सङ्क्रमित भएकी हुन्। उनका बुबा प्रकाश पादुकोणलाई अस्पताल भर्ना गरिएको छ भने बाँकी सदस्य होमआइसोलेनमा छन्। प्रकाशको अवस्थामा सामान्य रहेको र केही दिनमा डिस्चार्ज हुने अस्पतालले जनाएको छ।

सम्बन्धित सामग्री

दीपिका पादुकोण अस्पताल भर्ना

एजेन्सी, १२ असोज । बलिउड अभिनेत्री दीपिका पादुकोण हिजो राति मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना भएकी छिन् । दीपिकाको स्वास्थ्य खराब भएपछि अस्पताल भर्ना हुनुपरेको थियो । तर, अहिले उनको स्वास्थ्य पहिलेभन्दा राम्रो रहेको बताइएको छ । भारतीय समाचार एजेन्सी दैनिक भाष्करको अनुुसार सोमबार राति दीपिकाको स्वास्थ्य ठीक थिएन, जसका कारण उनलाई राति अबेरसम्म अस्पताल […]

अभिनेत्री दीपिका पादुकोण अस्पताल भर्ना

एजेन्सी । भारतीय अभिनेत्री दीपिका पादुकोण अस्पताल भर्ना भएकी छन् । दीपिका सोमबार राति मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना भएकी थिइन् । सोमबार राति अभिनेत्रीको शरीरमा अचानक समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो । तर, अहिले नायिकाको स्वास्थ्य पहिलेभन्दा राम्रो रहेको भारतीय सञ्चार माध्यमले जनाएको छ । मंगलबार पुरै दिनभरिनै स्वास्थ्य परिक्षण गरीएको थियो । […]

अभिनेत्री दीपिका पादुकोण अस्पताल भर्ना

अभिनेत्री दीपिका पादुकोण अस्पताल भर्ना भएकी छन् । अचानक स्वास्थ्य खराबी देखिएपछि उनलाई सोमबार राती मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको हो । अहिले उनको स्वास्थ्यमा सुधार भएको बताइएको छ । अस्पतालमा दीपिकाको धेरै परिक्षण गरिएको थियो । जसमा पुरै दिन बितेको छ । उनको स्वास्थ्यको पछिल्लो अपडेट भने बाहिर आएको छैन । यस अगाडि उनी ३ महिनाअघि पनि अस्पताल भर्ना भएकी थिइन् । उक्त समय मुटुको धड्कन बढेको कारण अस्पताल भर्ना गरिएको थियो । त्यो समय उनी हैदराबादमा फिल्मको सुटिङ गरिरहेकी थिइन् ।

अभिनेत्री दीपिकालाई हृदयघातको लक्षण

मुम्बई । फिल्म छायांकनको क्रममा सास रोकिएपछि अकस्मात् अस्पताल भर्ना भएकी दीपिका पादुकोण फेरि छायांकनमा फर्किएकी छन् । उनी हाल हैदरावादमा अमिताभ बच्चनसँग प्रभासको नयाँ फिल्म ‘प्रोजेक्ट के’ को सुटिङ गरिरहेकी छन् । सुटिङको क्रममा अचानक उनको स्वास्थ्य बिग्रियो । तीब्र मुटुको धड्कन बढेर उनलाई सास फेर्न गाह्रो भएपछि मंगलबार छायांकन स्थलमै रहेका डाक्टरले उनलाई […] The post अभिनेत्री दीपिकालाई हृदयघातको लक्षण appeared first on राजधानी राष्ट्रिय दैनिक.