पडकास्ट: नेपालको सम्पत्ति, बैंकखाता,आम्दानी अमेरिकामा रिपोर्ट नगरे कारवाही र जरिवाना

गत बर्ष विदेश बसेर १ लाख २० हजार डलरडलर सम्म कमाएकाहरुले अमेरिकामा कर तिर्न नपर्ने भनिएको छ, यसमा कस्ता योग्यताका मापदण्ड लागु हुन्छन् ? विगतमा ट्याक्स फाइल गर्न छुटेको भएमा वा ट्याक्स फाइल गर्दा कुनै गल्ती भएको भएमा के गर्ने ? ट्याक्स फाइल गर्दा विदेशमा भएको सम्पत्ति र बैंकखाता रिपोर्ट गर्नुपर्ने प्रावधान के हो ? […]

सम्बन्धित सामग्री

बैतडीमा बजार अनुगमन : ४ वटा पसल कारवाहीमा, २० हजार जरिवाना

बैतडी : जिल्ला प्रशासन कार्यालय बैतडीको नेतृत्वमा यहाँको सदरमुकामका बजार क्षेत्रमा अनुगमन गरिएको छ। गढी र गोठलापानी बजार अनुगमनका क्रममा ४ वटा पसललाई कारवाही गरिएको छ।प्रमुख जिल्ला अधिकारी सुरेश पन्थीका अनुसार म्याद नाघेका सामग्री बिक्री गर्ने र त्यस्ता सामग्री भण्डारण गरेका व्यापारी/पसलेलाई कारवाही गरि जरिवाना असुल गरिएको छ। अनुगमनका क्रममा ४ जना व्यापारीलाई ५ हजारका दरले जरिवाना गरि २० हजार रूपैयाँ असुल गरिएको हो।यसका साथै अनुगमनका क्रममा अखाद्य तथा म्याद नाघेका, लेबल अर्थात उत्पादन तथा उ

शहरी विकासमन्त्री चौधरी र स्वास्थ्यमन्त्री खापुङलाई जरिवाना

काठमाडौँ – निर्वाचन आयोगले शहरी विकास मन्त्री मेटमणी चौधरीलाई निर्वाचन आचारसंहिता उल्लंघन गरेकोमा कारवाही गरेको छ। चौधरीलाई आयोगले २५ हजार रुपैयाँ जरिवाना तिराएको हो। दाङ क्षेत्र नम्बर १ मा एकीकृत समाजवादी (नेकपा एस)को तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार रहेका चौधरीलाई आफ्नो क्षेत्रमा बाढीपीडित मतदाता प्रभावित पारेको कसूरमा आयोगले कारबाही गरेको हो। यस्तै आयोगले स्वास्थ्य मन्त्री […]

धितोपत्र बोर्डले तिरायो ब्रोकर नम्बर १३ लाई जरिवाना

३० साउन, काठमाडौं । नेपाल धितोपत्र बोर्डले ब्रोकर नम्बर १३ थाइभ ब्रोकरेज हाउस प्राइभेट लिमिटेडलाई कारवाही गरेको छ । कम्पनीले तनहुँको दमौलीमा बोर्डको स्वीकृतविना कारोबार गरेको पाइएपछि कम्पनीलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको बोर्डको प्रवक्ता रुपेश केसीले बताए । धितोपत्रसम्बन्धी ऐन २०६३ को दफा १०१ को उपदफा (६) बमोजिम कम्पनीलाई नगद जरिवाना गरिएको बोर्डको भनाइ […]

विपन्न वर्गमा लगानी नगर्दा फाइनान्स कम्पनीलाई जरिवाना

नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा आधा दर्जन फाइनान्स कम्पनीलाई कारवाही गरेर करिब ५६ लाख जरिवाना तिराएको छ । केन्द्रीय बैंकले तोकेअनुसार विपन्न वर्गमा कर्जा लगानी नगरेको, न्यूनतम मौजाद कायम नगरेको र पुँजी, निक्षेप र कर्जाको अनुपात कायम नगरेको भन्दै कारवाही गरेको हो ।राष्ट्र बैंकले गत आर्थिक वर्षमा गरेको गैरस्थलगत सुपरीवेक्षणको आधारमा तोकिए अनुसार अनिवार्य […]

निषेधाज्ञा उल्लंघन गर्ने ८११ जनालाई ८१ हजारभन्दा बढी जरिवाना

काठमाडौं। कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि स्थानीय प्रशासनद्वारा जारी गरिएको निषेधाज्ञा उल्लंघन गर्ने ८११ जनालाई प्रहरीले कारवाही गरेको छ। उनीहरूलाई कोभिड-१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ बमोजिम कारवाही गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई ८१,१०० रूपैयाँ जरिवाना गरिएको छ। निषेधाज्ञा कार्यान्वयनलाई थप प्रभावकारी र सफल बनाउन प्रहरीले अनुगमनलाई तीव्रता दिएको छ।

८२ वटा व्यापारिक फर्ममाथि कारवाही, ७ लाख ३७ हजार जरिवाना

काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले निषेधाज्ञा अवधिमा अनुगमन गरेका व्यापारिक फर्ममध्ये ८२ वटामाथि कारवाही गरेको छ। उनीहरुको कारोवार रोक्का गरिएको विभागले जनाएको छ। निषेधाज्ञाको अवधिमा ३६ वटा फर्मलाई सातलाख ३७ हजार रुपैयाँ जरिवाना गरिएको छ भने ४५ वटा फर्मलाई अन्य कार्वाही गरिएको जनाइएको छ। यस्तै सोही अवधिमा अनुगमन गर्दा दुईवटा औषधि पसललाई १५ हजार रुपैयाँ जरिवाना गरिएको छ।

निषेधाज्ञाको अवज्ञा गर्ने सवारीसाधनका चालकलाई कारवाही गरिने

काठमाडौं। ट्राफिक प्रहरीले अबदेखि निषेधाज्ञाको अवज्ञा गरी चलाइएका सवारीसाधन र चालकमाथि कारवाही गर्ने जनाएको छ। सोमबारसम्म अवज्ञा गरी चालइएका सवारीसाधनलाई नियन्त्रणमा राखी केही समय ‘होल्ड’ गरेर छोड्दै आएको थियो। आजबाट भने जरिवाना लगायतको कारवाही गरिने ट्राफिक प्रहरीले जनाएको छ। निषधाज्ञामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारीसाधन मात्र सञ्चालन भइरहेका छन्।

निषेधाज्ञाको अवज्ञा गर्ने सवारीसाधनका चालकलाई कारवाही गरिने

काठमाडौं। ट्राफिक प्रहरीले अबदेखि निषेधाज्ञाको अवज्ञा गरी चलाइएका सवारीसाधन र चालकमाथि कारवाही गर्ने जनाएको छ। सोमबारसम्म अवज्ञा गरी चालइएका सवारीसाधनलाई नियन्त्रणमा राखी केही समय ‘होल्ड’ गरेर छोड्दै आएको थियो। आजबाट भने जरिवाना लगायतको कारवाही गरिने ट्राफिक प्रहरीले जनाएको छ। निषधाज्ञामा सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, कुटनीतिक नियोग, एम्बुलेन्स र जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिएका अत्यावश्यक सेवाका सवारीसाधन मात्र सञ्चालन भइरहेका छन्।

पछिल्लो २४ घण्टामा साढे १३ हजारभन्दा बढीलाई कारवाही

काठमाडौं। नेपाल प्रहरीले कोरोना नियन्त्रणका अभियानअन्गर्तत मास्क नलगाई हिँड्ने १३,६२१ जनालाई होल्डिङ जोनमा राखी कारवाही गरिएको छ। उनीहरूलाई सम्झाइ-बुझाइ गरी छाडिएको जनाइएको छ। तोकिएको सुरक्षा मापदण्ड उल्लंघन गर्ने ९०७ जनालाई सङ्क्रामक रोग ऐन, २०२० बमोजिम जरिवाना गरिएको प्रहरीले जनाएको छ।

पत्रकारलाई कारवाही गर्नसक्ने सञ्चार विधेयक ल्याईंदै

गण्डकी प्रदेशमा सचिवले पत्रकारलाई कारवाही गर्नसक्ने गरी सञ्चार विधेयक बनेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिवले पत्रकारलाई ५ हजारदेखि २५ हजार रुपैयाँसम्म जरिवाना गर्नसक्ने गरि विधेयक ल्याउन थालिएको हो ।...