काठमाडौं : पासाङ ल्हामु राजमार्गका स्थानीयको अवरोधका कारण काठमाडौं उपत्यकाको फोहर विसर्जन फेरि रोकिएको छ। पासाङ ल्हामु राजमार्ग मर्मतको जिम्मा पाएको ठेकेदारले काम नगर्दा त्यसको प्रत्यक्ष असर भने काठमाडौं उपत्यकावासीले भोग्नुपरेको छ। पछिल्लो समय यही वैशाख ११ गतेदेखि काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन रोकिएको हो।हाल फोहर विसर्जन गरिएको ठाउँ नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमै नगरेको भन्दै पासाङ ल्हामु राजमार्गका बासिन्दाको अवरोधका कारण ६ दिन