जनार्दन शर्मा फेरि अर्थ मन्त्रालय फर्कने चर्चा, माओवादीले भोलि निर्णय गर्ने

काठमाण्डाै - संसदीय छानबिन विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेपछि जनार्दन शर्माले फेरि अर्थ मन्त्रालय सम्हाल्ने चर्चा हुन थालेको छ । छानबिन समितिको प्रतिवेदनपछि पूर्व अर्थमन्त्री शर्माले भने कुनै प्रतिक्रिया जनाउनुभएको छैन । तर समितिले शर्मालाई निर्दोष साबित गरेको व्याख्या गर्दै उहाँ नै फेरि अर्थ मन्त्रालय फर्किने सम्भावनाबारे चर्चा हुन थालेको छ । अर्थ मन्त्रीबारे माओवादीले भोलि बस्ने स्थायी समिति बैठकबाट निर्णय गर्ने तयारी गरेको छ । अर्थमा फेरि फर्कने या नफर्कने निर्णय शर्मामाथि...

सम्बन्धित सामग्री

दुई अर्थमन्त्रीले बाँडे बजेट बाहिरको ६३ अर्ब रकम

काठमाडौं। चालू आर्थिक वर्षको साढे ७ महिनामा दुई अर्थमन्त्रीले ६३ अर्ब गैरबजेटरी रकम बाँडेका छन्। पूर्व अर्थमन्त्रीद्वय जनार्दन शर्मा र विष्णु पौडेलले बजेटमा विनियोजन भएको रकमभन्दा बाहिर गएर कुल ६३ अर्ब रुपैयाँ बाँडेका हुन्। दुईमध्ये २ महिना ४ दिन अर्थ मन्त्रालय सम्हालेका अर्थमन्त्री विष्णु पौडेलले १७ अर्ब ८३ करोड रुपैयाँ बजेट बाहिरको पैसा विभिन्न आयोजनालाई बाँडेका हुन्।

शपथ लगत्तै पदभारका लागि मन्त्रालय पुगे जनार्दन शर्मा

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएसँगै अर्थमन्त्री जनार्दन शर्मा पदभारका लागि सिंहदरबार पुगेका छन् । राष्ट्रपति भवन शीतल निवासबाट शर्मा सिधै कार्यभार सम्हाल्न अर्थ मन्त्रालय पुगेका हुन् । बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनावश्यक व्यक्तिलाई प्रवेश गराएर करका दर परिवर्तन गरेको आरोप लागेपछि शर्माले गत असार २२ गते मन्त्री पदबाट राजीनामा […]

शपथलगत्तै पदभारका लागि अर्थ मन्त्रालय पुगे शर्मा

राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनीयताको शपथ लिएसँगै अर्थमन्त्री जनार्दन शर्मा पदभारका लागि सिंहदरबार पुगेका छन् । राष्ट्रपति भवन शीतल निवासबाट शर्मा सिधै कार्यभार सम्हाल्न अर्थ मन्त्रालय पुगेका हुन् । बजेट निर्माणका क्रममा अर्थ मन्त्रालयमा अनावश्यक व्यक्तिलाई प्रवेश गराएर करका दर परिवर्तन गरेको आरोप लागेपछि शर्माले गत असार २२ गते मन्त्री पदबाट राजीनामा दिएका थिए । तर, संसदीय समितिले १७ दिन लगाएर छानविन गर्दा निर्दोष सावित भएपछि उनी पुनः अर्थ मन्त्रालयको जिम्मेवारी सम्हाल्न पुगेका

जनार्दन शर्मा फेरि अर्थ मन्त्रालय फर्कने

काठमाडौं, ५ साउन । संसदीय विशेष समितिले अहिलेसम्म छानविन गर्दा पनि जर्नादन शर्माले अनाधिकृत व्यक्तिलाई बजेटमा करको दर हेरफेरमा प्रवेश गराएको तथ्य फेला पारेन । संसदीय विशेष समितिको कार्यविधि ७ दिन थप गर्ने निर्णय आएको छ । समितिले अबको ७ दिनमा कुनै तथ्य फेला नपारेमा प्रतिवेदन शर्माकै पक्षमा जान सक्छ । त्यसपछि उनी पुनः अर्थ […]

सरकारको आम्दानी बढ्यो, खर्चमा उतारचढाव : अर्थ मन्त्रालय

अर्थ मन्त्रालयले पछिल्ला तीन वर्षको अर्धवार्षिक तथ्याङ्क हेर्दा आम्दानीतर्फ क्रमशः धनात्मक अवस्था रहेको र समग्र खर्चमा भने उतारचढाव देखिएको उल्लेख गरेको छ । अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ को सचिवालयले पछिल्ला तीन वर्षको अर्धवार्षिक आम्दानी तथा खर्चको तुलनात्मक विश्लेषण गर्दै आम्दानी बढाएको जनाएको हो ।मन्त्रालयका अनुसार आर्थिक वर्ष २०७६/७७ को पुस मसान्तसम्म राजस्व संकलन कूल लक्ष्यको ३८.९५ प्रतिशत रहेकोमा आर्थिक वर्ष २०७७/७८ मा ४१.७३ प्रतिशत रहेको थियो । यस्तै, चालु आर्थिक वर्ष २०

अर्थ समितिमा अर्थमन्त्री : अर्थतन्त्र नजानेको भन्नेलाई देखाइदिन्छु

अर्थमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले आफूमाथि आलोचना गर्नेलाई कडा जवाफ फर्काएका छन् । आज (बिहीबार) प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा अर्थमन्त्री शर्माले आफूले गरेका कामको प्रतिरक्षा र आलोचकमाथि निशाना एकैसाथ साँधे । अर्थ समितिले अर्थतन्त्रको वर्तमान अवस्था, देखिएका चुनौती, अर्थ मन्त्रालयका काम कारबाही र भावी योजना लगायतका विषयमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग छलफल चलाएको थियो । समितिले आयोजना गरेको छलफलमा अर्थमन्त्री शर्मा र केन्द्रीय बैंकका गभर्नर महाप्रसाद अधि

अर्थ समितिले अर्थ मन्त्रालय र राष्ट्र बैंकलाई छलफलको लागि बोलायो

संघीय संसदको अर्थ समितिले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग छलफल गर्ने भएको छ । संघीय संसदको प्रतिनिधि सभा अन्तर्गतको अर्थ समितिले बिहिबार बिहान ११ बजे अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग छलफल गर्न लागेको हो।समितिले अर्थतन्त्रको वर्तमान अवस्था, देखिएका चुनौती, अर्थ मन्त्रालयका काम कारबाही र भावी योजना लगायतका विषयमा अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंकसँग छलफल गर्ने भएको हो।समितिले अर्थ मन्त्री जनार्दन शर्मा र नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई छलफलको लागि बोलाएको छ।छलफलमा हाल बजारमा देखिएको तरलताको समस्याबारे पनि छलफल हुने बताईएको छ ।

देउवा सरकार : गृहमा बालकृष्ण खाण र अर्थमा जनार्दन शर्मा !

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएर मंगलवार सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । स्रोतका अनुसार गृहमन्त्री कांग्रेसका बालकृष्ण खाण र अर्थमन्त्री माओवादीका जनार्दन शर्मा बन्ने लगभग निश्चित भएको छ ।  यसअघि अर्थमन्त्री प्रधानमन्त्रीको पार्टीले राख्ने गरेकोमा यसपटक देउवाले अर्थ मन्त्रालय माओवादीलाई दिएका छन् ।  जनता समाजवादी पार्टी आज सरकारमा नजाने भएपछि देउवाले कांग्रेस र माओवादीका मन्त्रीलाई मात्र शपथ गराउने भएका हुन् ।  माओवादीका तर्फबाट ऊर्जा, जलस्रोत तथा सिञ्चाइ...