काठमाण्डाै - माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । आजको बैठकबाट पार्टी पदाधिकारीका बारेमा टुङ्गो लगाउने तयारी रहेको पार्टीका प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिनुभयो ।
आजको बैठकमा पूर्व अर्थमन्त्री जनार्दन शर्मा फेरि अर्थ मन्त्रालय फर्कने या नफर्कनेबारेमा पनि आवश्यक निर्णय गर्ने तयारी छ । संसदीय छानबिन विशेष समितिले करको दर निर्धारणमा अनधिकृत व्यक्तिको प्रवेश गरेको नदेखिएको निष्कर्ष निकालेपछि शर्माले फेरि अर्थ मन्त्रालय सम्हाल्ने चर्चा भइरहेको छ ।
छानबिन समितिको प्रतिवेदनले शर्मालाई निर्दोष साबित गरेको व्...