अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)माथि आज बस्ने प्रतिनिधिसभा बैठकमा छलफल हुने भएको छ । संघीय संसद् सचिवालयले एमसीसी सम्झौताबारे छलफल अघि बढाउने कार्यसूचीमा प्रकाशन गरेको हो ।आज दिउँसो एक बजे बस्ने बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले गत आर्थिक वर्षको महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन पेस गर्ने पहिलो कार्यसूची रहेको छ । यस्तै दोस्रो कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सरकारबीचको एमसीसी अनुदान सहायतामाथि सामान्य छलफल गरियोस् भनी प्रस्ता