एमसीसी संसदमा, अर्थमन्त्री शर्मा पर्वतमा

प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । बैठकको कार्यसूचीमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि छलफल हुने कार्यसूची छ । संसद सचिवालयले निकालेको सूचनामा अर्थमन्त्री जनार्दन शर्माले प्रतिनिधिसभामा ‘एमसीसीमाथि छलफल गरियोस्’ भन्ने उल्लेख छ । संसदमा एमसीसीमाथि छलफल चलाउन प्रस्ताव पेस गर्नुपर्ने अर्थमन्त्री शर्मा भने पर्वततिर छन् ।मन्त्री शर्मा बुधबार पर्वत पुगेका थिए । उनी राति द क्लिफ रिसोर्टमा बसेका थिए । श्रीमतीसहित गएका शर्माले बिहीबार बिहान क्लिफ स्काई क्याफेमा खाजा खाएक

सम्बन्धित सामग्री

मुलुकमा संकट पैदा हुन्छ : अर्थमन्त्री शर्मा

पर्वत । अर्थमन्त्री जनार्दन शर्माले एमसीसीलाई राष्ट्रिय सहमतिबिना अघि बढाए मुलुकमा संकट पैदा हुने बताउनु भएको छ । पर्वत उद्योग वाणिज्य संघको ४६ औं स्थापना दिवस तथा ३९ औं साधारण सभालाई बिहीबार कुश्मामा सम्बोधन गर्दै शर्माले एमसीसीका कारण मुलुकमा विभाजन पैदा भएको हुँदा अघि बढाए संकटमा फस्ने चेतावनी दिनुभयो । अनुमोदन गर्ने कि एमसीसी फिर्ता […]

एमसीसी छल्न पर्वत पुगेका अर्थमन्त्री शर्मा घुमघाममा व्यस्त

पर्वत : बिहीबार दिउसो एक बजेका लागि प्रतिनिधि सभाको बैठक डाकिएको छ। बैठकको सम्भावित कार्यसूचीको दोस्रो बुँदामा ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच भएको अनुदान सहायता सम्झौता माथि सामान्य छलफल गरियोस्’ भन्ने लेखिएको छ।सम्भावित कार्यसूचीका रूपमा राखिएको उक्त प्रस्ताव छलफलका लागि अर्थ मन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने लेखिएको छ।  अर्थमन्त्री शर्माले सम्झौताबारेको छलफलका लागि बैठकमा प्रस्ताव गर्ने कार्यसूची रहेको बेलामा अर्थमन्त्री शर्मा

अर्थमन्त्री शर्मा संसद बैठकमा अनुपस्थित

८ फागुन, काठमाडौं । अर्थमन्त्री एवम् नेकपा माओवादी केन्द्रका नेता जनार्दन शर्मा संसद बैठकमा अनुपस्थित भएका छन् । संसदमा अर्थमन्त्री शर्माले एमसीसी टेबुल गर्ने कार्यसूची संघीय संसद सचिवालयले जारी गरे पनि उनी बैठकमा अनुपस्थित भएका छन् । उनको सचिवालयका एक सदस्यले अनलाइनखबरसँग भने, ‘मन्त्रीज्यू विरामी भएकाले निवासमै रेष्ट गरिरहनु भएको छ, उहाँ संसद बैठकमा जानु […]

अर्थमन्त्री शर्मा र सुमारबीच भेटवार्ता

एमसीसी उपाध्यक्ष फातिमा सुमार र अर्थमन्त्री जनार्दन शर्माबीच भेटवार्ता भएको छ । शनिबार अपरान्ह सुमारको टोलीले सिंहदरवारमा अर्थमन्त्री शर्मासँग भेटवार्ता गरेको हो ।भेटमा एमसीसीको टोलीले कम्प्याक्टलाई संसदबाट शीघ्र अनुमोदन गरि कार्यान्वयनमा लैजान आग्रह गरेको छ । जवाफमा अर्थमन्त्री शर्माले नेपाल र एमसीसीबीच २०१७ मा सम्पन्न कम्प्याक्ट सम्झौताका विषयमा राजनीतिक स्तरमा छलफल भइरहेको बताएकाम थिए ।भदौ […]

अर्थमन्त्री शर्मा र एमसीसी उपाध्यक्षबीच भेटवार्ता

अर्थमन्त्री जनार्दन शर्मा र एमसीसी उपाध्यक्ष फातिमा सुमारबीच भेटवार्ता भएको छ ।  शनिवार एमसीसी उपाध्यक्ष सुमार अर्थमन्त्री शर्मालाई भेट्न सिंहदरबार पुगेकी हुन् ।भेटका अवसरमा अर्थमन्त्रीले एमसिसीका विषयमा राजनैतिकस्तरमा छलफल भइरहेको बताएका छन् । अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “नेपाल र मिलेनियम च्यालेन्ज कर्पोरेशनबीच सन् २०१७ मा सम्पन्न कम्प्याक्टका विषयमा राजनैतिकस्तरमा छलफल भएको छ ।” सो अवसरमा उपाध्यक्ष सुमारले कम्प्याक्टलाई शीघ्र अनुमोदन गरी कार्यान्वयन

अर्थमन्त्री शर्मा र एमसीसी उपाध्यक्ष सुमारबीच भेट

एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोलीले शनिबार दिउँसो सिंहदरबारमा अर्थमन्त्री जनार्दन शर्मासँग भेट गरेको हो ।