जिल्ला प्रहरी कार्यालय सुनसरीको हिरासतमा एक जनाको मृत्यु भएको छ ।
हिरासतमा थुनुवाको मृत्यु भएपछि आफन्तले इनरुवामा रहेको जिल्ला प्रहरी कार्यालय अगाडि आन्दोलन गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी नरेन्द्रकुमार कार्कीले आन्दोलन भइरहेको जानकारी दिए ।
मृत भेटिएका युवाको के कारणले मृत्यु भएको भन्ने अहिलेसम्म कुनै जानकारी आएका छैन् । तर जिल्ला प्रहरी कार्यालयले भने अनुसन्धान भइरहेको बताएको छ ।
स्थानियहरुले इनरुवाको सडकमा टायर बालेर आन्दोलन गरिरहेका छन् ।