प्रजिअहरुको बैठकले जोरबिजोर हटाउने, फागुन १ देखि विद्यालय खोल्ने

काठमाडौँ- काठमाडौं उपत्यकामा जारी भएको जोरबिजोर प्रणाली र विद्यालयहरु बन्द लगायतका विषयमा छलफल गर्न तीनै जिल्लाका प्रजिअहरुको बैठक आइतबार अपराह्न बस्ने तयारी भएको छ। जोरबिजोर र विद्यालय सञ्चालनलगायतका विषयमा निर्णय गर्न बैठक बस्न लागेको काठमाडौँका प्रजिअ गोबिन्द रिजालले जानकारी दिए। सिसिएमसी बैठकले जोरबिजोर प्रणाली हटाउन सिफारिस गरिसके पनि औपचारिक निर्णय प्राप्त नभइसकेकाले बैठक बस्न ढिला […]

सम्बन्धित सामग्री

विद्यालय जान पाएपछि खुसीले नाचे बालबालिका, तस्वीरहरू

काठमाडौं :  कोरोना महामारीको तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था खुलेका छन्।करिब एक महिना पश्चात विद्यालय खुलेका हुन्। कोरोना संक्रमण मत्थर भएपछि फागुन १ देखि विद्यालय खोल्ने निर्णय सरकारले गरेको हो।  विद्यालय सञ्चालन गर्दा १२ वर्ष पूरा भएका विद्यार्थीका हकमा नियमित रूपमा तथा १२ वर्ष पूरा नभएका विद्यार्थीका हकमा आलोपालो गरी कक्षा सञ्चालन गर्ने व्यवस्था गरिएको छ।स्वास्थ्यको मापदण्ड अनिवार्य पालना गरेर मात्र विद्यालय सञ्चालन गर्न सरकारले निर्देशन दिएको छ। संक्रम

एक महिनापछि फेरि स्कुल आयौं !

१ फागुन, काठमाडौं । कोरोना महामारीका कारण गत माघ १ देखि बन्द गरिएको भौतिक उपस्थितिको पढाइ आइतबारदेखि सुरु भएको छ । कोरोना भाइरसको संक्रमण कम हुँदै गएको भन्दै कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी) ले फागुन १ देखि विद्यालय खोल्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि आइतबारदेखि धेरैजसो निजी र सामुदायिक विद्यालयमा विद्यार्थीको भौतिक उपस्थितिमा […]

विद्यालय खोल्न दुई नियम, फागुन १ देखि खोल्न सिफारिस

सरकारले विद्यालय खोल्ने तयारी गरेको छ । आइतबार बसेको सीसीएमसीसीको बैठकले विश्वविद्यालय, विद्यालय ट्युसन सेन्टर फागुन १ गतेदेखि खोल्ने भनेर सिफारिस गरेको हो । सीसीएमसीकी प्रवक्ता सुनिता नेपालले विद्यालय खोल्ने हकमा दुई नियम लागू हुनेगरी सिफारिस भएको बताइन् । ‘विद्यालयको हकमा चाहिँ १२ वर्ष पुरा भएको बालबालिकाको नियमित कक्षा सञ्चालन गर्ने तर १२ वर्ष भन्दा कम उमेरका विद्यार्थीको हकमा चाहिँ आलोपालो दिनमा कक्षा सञ्चालन गर्न सिफारिस भएको छ’, उनले बैठकपछि बताइन् । शैक्षिक संस्था खोल्ने

१ फागुनबाट विद्यालय खुल्ने

काठमाडौं, २३ माघ । फागुन १ बाट देशभरका विद्यालय खुल्ने भएका छन् । आज बसेको कोभिड १९ संकट व्यवस्थापन समन्वय केन्द्र सीसीएमसीसीको बैठकले विद्यालय खोल्ने सिफारिशको निर्णय गरेको हो । सीसीएमसीसीको सिफारिश सँगै सरकारले विद्यालय खोल्ने निर्णय गर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयहरुले यसबारे सूचना प्रकाशित गर्ने भएका छन् । यसअघि नै सरकारले विद्यालयहरुलाई […]

जोखिम कम हुने ठाउँमा फागुन १ गतेदेखि विद्यालय खोल्ने!

काठमाडौँ। स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर जोखिम कम हुने ठाउँमा फागुन १ गतेदेखि विद्यालय खोल्ने भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा शुक्रबार भएको छलफलले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विद्यालय खोल्ने निर्णय गरेको हो।

१ फागुनबाट विद्यालय खोल्ने गरी पूर्वतयारी

काठमाडौं, २१ माघ । सरकारले फागुन १ बाट विद्यालय खोल्न अनुमती दिने तयारी गरेको छ । त्यसका लागि शिक्षा क्षेत्रसँग सम्बन्धित व्यक्तिहरुसँग छलफल समेत गरेको छ । कोरोना भाइरसको जोखिमलाई दृष्टिगत गरी सरकारले माघभर विद्यालय बन्द घोषणा गरेको छ । जोखिम न्यूनीकरणलाई दृष्टिगत गरी विद्यालय खोल्ने पूर्वतयारी गरेको हो । विद्यालय खोल्दा कोरोना भाइरसको रोकथामका […]

विद्यालय खोल्ने विषयमा के–के भयो सहमति ?

कोरोना संक्रमण बढेपछि बन्द भएका विद्यालय फागुन १ गतेदेखि सञ्चालन गर्ने विषयमा छलफल भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा शुक्रबार विद्यालय सञ्चालनबारे छलफल भएको हो । शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा, प्रधानमन्त्री कार्यालयका सहसचिव, संघीय मामिलाका सहसचिव, स्वास्थ्य,तथा जनसंख्या मन्त्रालयका विज्ञ,अभिभावक महासंघ,प्याब्सन,एनप्याब्सन लगायतका पदाधिकारी सहभागी थिए।स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर जोखिम कम हुने ठाउँमा फागुन १ गतेदेखि विद्यालय खोल्नु निष्कर्

फागुन १ गतेदेखि विद्यालय खोल्ने सरकारको तयारी !

काठमाण्डाै – सरकारले काेभिड–१९ (कोरोना भाइरस) सङ्क्रमणको अवस्था हेरेर आउँदाे फागुन १ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको छ । सरकारले आफ्नो क्षेत्रमा रहेको कोरोना सङ्क्रमणको अवस्था हेरेर विद्यालय खोल्ने वा बन्द गर्ने जिम्मा पालिकालाई दिन लागेको हो । आज सिंहदरबारमा रहेको प्रधानमन्त्री कार्यालयमा गाउँपालिका महासङ्घ, प्याब्सन, एन प्याब्सन, अभिभावक महासङ्घ, शिक्षा मन्त्रालयका प्रतिनिधिलगायतको छलफलमा सहभागी सबैजसोले पालिकाको निर्णय र निगरानीमा फागुन १ गते आइतवारदेखि विद्यालय खोल्न सुझाव दिएका थिए ।सरकारी अधिकारीहरू...

फागुन १ गतेदेखि शैक्षिक संस्था खोल्ने तयारी !

काठमाडौं । सरकारले देशभर कोरोना संक्रमणको अवस्था हेरेर फागुन १ गतेदेखि विद्यालय खोल्ने तयारी गरेको छ । स्थानीय तहले नै आफ्नो क्षेत्रको संक्रमणको अवस्था हेरेर विद्यालय खोल्ने सक्नेगरी तयारी भएको छ । अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारीले आज सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा भएको छलफलबाट फागुन १ गतेदेखि विद्यालयहरू खोल्नेबारे छलफल भएको जानकारी दिए । ‘‘आज...