बैतडी : बैतडीको सुर्नया गाउँपालिका–६ कोखेतमा नागरिक आरोग्य केन्द्र सञ्चालनमा ल्याइएको छ। आयुर्वेद पद्धतिमार्फत उपचार सेवा दिने उद्देश्यले सञ्चालन भएको आरोग्य केन्द्रबाट सर्ने र नसर्ने रोगको रोकथाम तथा निदान लगायतका बारेमा सेवा सञ्चालन भएका हुन्।पञ्चकर्म विधिबाट उपचार पनि हुने र आयुर्वेद उपचार पद्धति राम्रो हुने जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मेलौलीका निमित्त प्रमुख हिक्मतबहादुर चन्दले बताए। यस्तै पायल्स, दम लगायतका रोगहरूको पनि आयुर्वेद उपचार पद्धतिबाट निदान गर्न सकिने जनाइएको छ। आरोग्य